Powered by Blogger.
महानगर प्रमुख शाक्यद्धारा डिजीटल प्रदर्शनी उद्घाटन


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगर भित्र रहेका ऐतिहासिक सम्पदाहरुलाई प्रबद्र्धन गर्ने बताउनु भएको छ  । 

सिन्ह्वा समाचार संस्था र चीन मोबाइल टिबेट कम्पनीले आयोजना गरेको डिजिटल प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै प्रमुख शाक्यले सो कुरा बताउनु भएको हो । 

सोही कार्यक्रममा बोल्दै प्रमुख शाक्यले दुइ देश बीच आयोजना हुने यस खालका प्रदर्शनीहरुले सम्बन्धहरु अझ प्रगाढ बनाउने बताउनु भयो । 

प्रमुख शाक्यले रानी पोखरीको निर्माणमा विवाद आए पनि काठमाडांै महानगरपालिकाले रानी पोखरीको सम्पदा संरक्षणको लागि प्रयास गरी रहेको बताउनु भयो ।

त्यसैगरी प्रमुख शाक्यले महानगरपालिकाको कार्यालय रहेको भवन रहेको बागदरवार नभएर हरिभवन रहेको र त्यो ठाँउमा नँया भवन निर्माणको लागि डिजाइन तयार भएको बताउनुभयो ।  महानगरले सो स्थानमा निर्माण गर्न लागेको नँया भवनमा महानगरले  तीन वटै युगको प्रतिनिधित्व हुने राणाकालीन ,मल्लकालीन र आधुनिक ढाँचाको भवन निर्माण गर्ने  समेत बताउनु भयो । 

यसैगरी प्रदर्शनीमा बोल्दै सिद्धार्थ आर्ट ग्यालरीकी निर्देशक संगीता थापाले यस खालको  डिजिटल प्रदर्शनी नेपालमा पहिलो पटक भएको बताउनु भयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक सुनिल शर्मा, नेपाल ललित कला एकेडेमीकी कुलपति राघिनी उपाध्याय, काठमाण्ठौस्थित चीँनिया दूतावासका सांस्कृतिक सचिव जाङ्ग पिङ्ग लगायतले प्रदर्शनीको सफलताको कामना गरेका थिए । 

कार्यक्रममा काठमाडौस्थित सिन्ह्वा समाचार संस्थाका ब्युरो प्रमुख चाउ से पिङ्गले पनि यस खालको प्रर्दशनीले दुई देश बीचको सांस्कृतिक सम्बन्ध अझै प्रगाढ र सुमधुर हुने बताउनु भयो । कार्यक्रम पछि महानगर प्रमुख शाक्य लगायत अरु अतिथिीहरुले डिजिटल प्रदर्शनीको अवलोकन समेत गरेका थिए । 


0 comments

Write Down Your Responses