Powered by Blogger.
बहुमत ल्याएको काँग्रेसले जनतालाई झुक्यायो : खतिवडा

हेटौंडा, २३ कात्तिक / मकवानपुरको कुलेखानीमा इन्द्रसरोवर गाउँ पालिका स्तरीय बाम गठबन्धनको सयुक्त चुनावी कार्यकर्ता भेला भएको छ । भेलामा बामगठबन्धका तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार  बिरोध खतिवडा र प्रदेश सभा क का उम्मेदवार कुमारी मोक्तानले बाम गठबन्धनलाई जिताउनका लागि आग्रह गरेका छन् ।

 नेपालमा बहुमत ल्याएको काङ्ग्रेसले जनतालाइ झुक्याउने र भ्रष्टाचार गर्ने काम मात्र गरेकाले अब मुलुकको विकासका लागि बाम गठबन्धनले अवसर पाउनुपर्ने उनीहरूले जोड दिए । भेलामा उम्मेदवार खतिवडाले चुनावदेखि काँग्रेस अत्तालिएकाले अनेक भ्रम फैलाएर मतदाता भड्काउन लागि परेको प्रस्ट पारे ।

यस्तै मोक्तानले नेपालमा सर्वहारा वर्गको हितका लागि बाम गठबन्धनको सरकार बन्नुपर्ने बताइन् । यसका लागि गठबन्धनले चुनाव जित्नुपर्ने उनले प्रस्ट पारिन । माओबादि केन्द्रका नेता बिक्रम मोक्तानको अध्यक्ष्तामा भएको भेलामा क्षेत्र नम्बर २ का निर्वाचन परिचालन कमिटिका संयोजक एकालाल श्रेष्ठ, इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जिबन लामा, एमाले नेता पिवि गोले, विष्णु प्रसाद ढकाल, माओवादी नेता विष्णु विष्ट आदर्श, प्रकाश पाण्डे लगायतले बोलेका थिए । 
भेलाले देबकृष्ण पुडासैनीको संयोजकत्व तथा बिक्रम सिंह मोक्तानको सहसंयोजकत्वमा ५ सय १ सदस्यीय इन्द्रसरोबर गाउँपालिका निर्बाचन परीचालन कमिटि गठन गरेको छ । 

0 comments

Write Down Your Responses