Powered by Blogger.
चन्द्रागिरीको करोडौंको ढुङ्गा बेच्ने होइन बाटो निर्माणमै लगाउनुपर्छः मन्त्री केसी


काठमाडौं । थानकोट–चन्द्रागिरी चित्लाङ सडकमा भएको अनियमितता र ढिलासुस्ती कुनै प्रकारले पनि सैह्य नहुने सरोकारवालाहरुले बताएका छन् । 

शनिबार उक्त सडक खण्डको थानकोट पानीघाटमा आयोजना गरिएको अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा सहभागीहरुको एउटै मत रहेको हो । 

नेपाल मण्डल पर्यटन नगरी पश्चिम भेग समितिको आयोजना तथा थानकोट चित्लाङ सडक वन पैदावार व्यवस्थापन समिति तथा टिष्टुङ बज्रबाराही नेवा पुचको सहआयोजनामा भएको कार्यक्रममा सरोकारवाला भन्द्रागिरी नगरपालिका र थाहा नगरपालिकाको स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजन केसीले उक्त सडक पिच गर्न आफुले जितेपनि हारेपनि पहल गर्ने दावी गरे । मन्त्री केसीले आफ्नो निर्वाचन क्षेत्रमा भएको अनियमितता कुनै हालतमा सैह्य नहुने बताउँदै ५० औं करोडको ढुङ्गालाई केही व्यत्तिहरुको स्वार्थमा जम्मा ७४ लाखमा टेन्डर गरिएको भन्दै उक्त टेन्डर बदर हुनै पर्ने माग गरे ।

 उनले भने, ‘म तपाँइहरुले दिएको जनादेशको आधारमा बनेको यो मुलुकको मन्त्री पनि हुँ, तपाँइहरु साथ दिनुहोस्, यहाँ लिलाम भएको ढुङ्गा कुनै हालतामा काठमाडौं जाँदैन, जान दिँदैनौं, यो बाटो बनाइसकेपछि यहाँ निर्माणमा जति खपत हुन्छ त्यसबाट बचेपछि मात्र लिलाल गरिन्छ ।’

राजधानीको प्रवेशद्धारमा रहेको थानकोटलाई अझ सुन्द र व्यवस्थित पार्नुपर्ने बताँउदै मन्त्री केसीले पर्यटनको माध्यमबाट विकास गर्ने प्रश्ताव अत्यन्त सकारात्मक भन्दै नेपाल मण्डल पर्यटन नगरीलाई हार्दिक धन्यवाद दिए ।  

उनले भने,‘ नेपाल सरकारले यो ढुङ्गाको लिलामको काम गरेको छ, मैले त्यसको घोर विरोध गरेको छु, यहीको ढुङ्गाबाट बाटोको नाली, पर्खाल र तार जाली भर्नुपर्छ ।’

कार्यक्रममा नेपाल मण्डल पर्यटन नगरीका अभियन्ता एवं माओवादी केन्द्रका युवा नेता कृष्ण केसीले राणाकालमै विकासको ढोका खोलिएको यो ठाँउको बाटोको हालत कर्णालीमा भन्दा पनि दुरावस्था रहेको भन्दै चिन्ता व्यक्त गरे । 

उनले अबको नयाँ नेपाल निर्माण अभियान यही थानकोटको पर्यटन विकासबाट सुरु गर्नुपर्ने सुझाव दिए । चन्द्र ढकालले केवुलकार बनाएर विकासको नया आयाम थपेको उदाहरण दिँदै काठमाडौंका धेरै डाँडाहरुमा धेरै चन्द्र ढकालहरुले केवलकार बनाएर समृद्धिको खाका कोर्नैपर्ने बताए । 

उनले भने, ‘सबैभन्दा पहिले राणाहरुले पहिले खोलेको विकासको ढोका, भारताबाट बोकेर मोटर गाडी भित्र्याएको बाटोको हालत यत्तीका वर्षसम्म पनि उही रहन दिन हुँदैन ।’ बाटो निर्माणमा भएको अनियमितता पारदर्शी हुनुपर्ने उनको जोड थियो ।



कार्यक्रममा नेपाल मण्डल पर्यटन नगरी पश्चिम भेग समितिका संयोजक विनोद महर्जनले सडक निर्माणको नाममा प्राकृतिक स्रोत साधन दोहन गरेर कौडीको भाउमा बेच्ने र बाटो निर्माण अलपत्र पार्ने काम भएमा स्थानीय जनताले डटेर मुकाविला गर्ने प्रष्ट पारे । 

कार्यक्रमको अध्यक्षता गरेका चन्द्रागिरी नगर पालका वडा नम्बर ४ का वडाध्यक्ष तथा  थानकोट चित्लाङ सडक वन पैदावार व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद शाहीले निर्धारित समयमै बाटो सम्पन्न गर्नुपर्ने र प्राकृतिक साधन स्रोतको दोहन गरेर थानकोटबाशीको वस्ति धरापमा पार्न नहुने दावी गरे । 

कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर  ६ का स्थानीयवाशीन्दाको हैसियतमा नेपाल पत्रकार महासंघ काठमाडौं जिल्लाका अध्यक्ष शन्तराम बिडारी, टिष्टुङ बज्रबाराही नेवा पुचका अध्यक्ष हरिगोपाल श्रेष्ठ, थाहा नगर पालिकाका वडा अध्यक्ष परशुराम श्रेष्ठ, चन्द्रागिरी हिल्स लिमिटेडकका सहायक महाप्रवन्धक अवकाशप्राप्त कर्णेल सञ्जय झा लगायतको उपस्थिति थियो ।

कार्यक्रममा काठमाडौं जिल्ला वन कार्यालयका प्रमुख डा. इन्द्र प्रसाद सापकोटा, उक्त सडक आयोजनाका निमित्त प्रमुख इन्जिनीयर गोपि अधिकारी लगायतलाइ पनि नागरिक अन्तरक्रियाका लागि आमन्त्रण गरिएपनि उनीहरु सहभागि भएका थिएनन् ।



के हो ढुङ्गा लिलामी प्रकरण ?

थानकोट चित्लाङ चन्द्रगिरी सडक आयोजना निर्माणको क्रममा व्यापक घोटाला भएको तथ्य पत्ता लागेको छ । सडक स्तरोन्नती १५ महिनाभित्र सम्पन्न गर्नुपर्ने गरी १९ करोड ८७ लाखमा किराँतेश्वर कन्ट्रक्सनले ठेक्का लिएको सो आयोजनाको काम अहिले त्यहाँबाट निकालिएका ढुङ्गा, ग्रावेल, माटो लगायतका पैदावार विक्री गर्ने विषयले चर्चा पाएसंगैं चरम विवादमा परेको छ ।

गणेशमान सिंह सडक नामाकरण गरिएको उक्त सडक चौंडा पार्ने क्रममा व्यापक रुपमा ढुङ्गा  निक्लने सुनिश्चीत भएसंगै प्राकृतिक स्रोत र साधनमाथी गिद्देदृष्टि राखेर ठुलो कमिशनको खेल भएकाले अहिले स्थानीय जनता उक्त वनपैदावार तत्काल अन्यत्र उठाउन नदिने पक्षमा उभिएका छन् ।

सडक विभाग अन्तर्गतको थानकोट चित्लाङ सडक आयोजनाका निमित्त प्रमुख इन्जीनीयर गोपी अधिकारी, जिल्ला वन कार्यालयका प्रमुख डा. इन्द्रप्रसाद सापकोटा, उक्त कन्ट्रक्ससनका प्रमुख सनकसिंह राई र केही स्थानीय जनप्रतिनिधी मिलेर उक्त गोलमालको प्रयास गर्ेको बताइएको छ । 

सडक निर्माणको क्रममा दशौं करोडको ढुङ्गा निक्लने क्रम सुरु भएपछि कागजी प्रक्रिया मिलाउनका लागि ढुङ्गा खरिदका लागि लिलाम बढाबढको सुचना निकालियो र मिलेमतोमा उही किराँतेश्वर कन्ट्रक्सनलाई ७५ लाख रुपैंयामा टेन्डर दिइयो । 

जनप्रतिनिधी समेत रहेका व्यक्तिले प्राकृतिक दोहनका विरुद्ध आवाज उठाउलान् भन्ने आशामा बसेका स्थानीय वासिन्दा बरु वन विभागले लगाएको टेन्डर र उही कन्ट्रक्सनको पक्षमा उभिएपछि स्थानीयले कमिशनको खेलमा जनप्रतिनिधीहरु पनि लागेको छनक पाए । 

स्थानीय जनताको विरोध हुँदाहुँदै थानकोट चित्लाङ सडक आयोजना, वन विभाग, किराँतेश्वर कन्ट्रक्सन, निवर्तमान सांसद र अन्य निकायको मिलिभगतमा केहीले मात्र हेर्ने गरेको एक दैनिक पत्रिकामा सुचना गरेर टेन्डर प्रकाशित गरिएको र मिलेमतोमा रकम बोलकवोल गरिएको तथ्य खुलेको छ ।

तस्विरमा हेर्नुस् बाटो निर्माणको बहानामा अनावश्यक उत्खनन गर्दै गर्दै काठमाडौंमा निकाशीका लागि तयार गरिएका ढुङ्गाः





0 comments

Write Down Your Responses