Powered by Blogger.
हेपिएका–चेपिएका महिला र आदिवासी जनजातिको उत्थानका लागि मेरो उमेद्वारी

श्रीमति रत्नकेशरी सुवाल (देसार)
समानुपातिक उम्मेदवार, प्रदेश सभा, राष्ट्रिय जनमुक्ति पार्टीं





राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नं ३ (१३ वटा जिल्ला) तर्फका समानुपातिक महिला उम्मेदवार श्रीमति रत्नकेसरी सुवाल (देसार) भक्तपुर उपमहानगर पालिका वडा नं १४ बोलाडे टोलमा २०३१ साल कात्तिक १ गते बुवा विकुबहादुर सुवाल तथा आमा मिश्री सुवालको कोख बाट जन्मिनु भएको हो । 

उहाँको बाल्यकाल देखि नै बाजे जगमान सुवाल टोलको समाजसेवी र टोल समाजमा स्थापित नाम थियो । उहाँले आफ्नै घरमा हुने चोटा मिटिङमा (भूमिगत समय ) बाल्यकाल अवस्थमै कम्युनिष्ट नेता नारायणमान बिजुक्छे सँग राम्रोसंग वाद विबाद र उहाँको जनता प्रतिको समर्पणले निकै प्रभावित हुनुहुन्थ्यो ।

स्कुल जीवन पछि २०५१ फागुन २९ मा ललितपुर चापागाउँ निबासी बुवा अष्ट देसार, आमा भान्छी देसारको जेष्ठ पुत्र प्रेम देसारसँग पे्रम तथा मागी विवाह भयो । विवाह पछि छोरी पे्ररणा देसार र प्रणिक देसार को जन्म भएको छ । 

प्रेम देसार २०४६ साल भन्दा अगाडी बाल्यकाल देखि समाजमा हुने अन्यायको विरोधमा पञ्चायत काल देखि नै राजनितिमा होमिँदै पञ्चायती ब्यवस्थाको अवसान पछि  रा.प्र.पा  निकट युवक  संगठनको जिल्ला सचिव भएर काम गर्नुभयो । २०५० देखि ०५५ सम्म लगातार काम गरेपछि रा.प्र.पा युवक संगठन केन्द्रिय सदस्य, निरन्तर सचिव, केन्द्रिय उपाध्यक्ष युवक संगठन (रा.प्र.पा. नेपाल निकट )२०७२ सम्म हुनु भएको थियो । 

रत्नकेशरी परिवारिक व्यस्तताका बाबजुत पनि २०५८ साल देखि नै रा.प्र.पा. नेपालको विभिन्न स्थानमा रहेर जनताको सेवामा तल्लिन रहनुभयो ।  उहाँ रा.प्र.पा नेपालमा २०७३ सालको एकिकरण पछि जिल्ला अधिवेशनबाट जिल्ला महिला सदस्यमा निर्वाचित हुनु भयो । 

तर पार्टी भित्रको अन्तर कलह, केन्द्रीय स्तरदेखि जिल्ला स्तरमा नेताहरु सबै अवसरै अवसर र नारा र सिद्धान्त भन्दा स्वार्थले भरिएको हुँदा पार्टी परिर्वतनको कठोर निर्णयमा पुग्नुभयो । उहाँको क्षमताको कदर गदै राष्ट्रिय जनमुक्ति पार्टीले प्रदेश नं ३ मा प्रदेश सभा समानुपातिक महिला उम्मेरदवारका रुपमा अघि सा¥यो । प्रस्तुत छ, उहाँसंग दामन पोष्टले गरेको कुराकानीः 

प्रदेश नं ३ समानुपातिक महिला क्रम संख्या १ राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवार हुनु भएको मा  के भन्न चाहनुहुन्छ ?

राष्ट्रिय जनमुक्ति पार्टी टिकट वितरण समितिलाई मलाई स्नेह तथा विश्वासको साथ प्रदेश नं ३ समानुपातिक उम्मेदवार बनाउनु भएकोमा हार्दिक धन्यवाद भन्न चाहन्छु ।  

साथै बिशेष आग्रह प्रदेश नं ३ मा मेरा आमा, बुबा, दाजु, भाई, र दिदी बहिनी तथा इष्टमित्र र सम्पुर्ण मतदाताहरुमा घर चिन्हमा छाप लगाई प्रदेश नं ३ मा जनमुक्ति पार्टी लाई जितार्आै भनेर । 

तपाई पहिला रा.प्र.पा. ललितपुर जिल्ला समिति सदस्य, किन जनमुक्तिमा लाग्नु भयो ?

हो , पहिला म रा.प्र.पा मा थिए । हिन्दु राज्य, राजा सहितको प्रजातन्त्र, लोकतन्त्रको खोजिमा थिएँ । पहिचानको खोजिमा थिए तर रा.प्र.पा भित्र केन्द्र देखि जिल्ला सम्मका नेताहरुको अहंम्ताका कारण मैले पार्टी परित्याग गरिदिए । केवल नारामा मात्र सिमित पार्टी ब्यवहारमा छैन रहेछ आज । समय अनुसार जनताको मुक्तिको लागि राष्ट्रिय पार्टीमा प्रबेश भएको हो, मैले रोजेको हो ।

तपाई स्थानिय चुनावमा गोदावरी न.पा. बाट महिला उम्मेदवारका रुपमा चुनाव उठनु भएको थियो नि होईन र ?
हो, म गएको चुनावमा महिला उम्मेदवारीको रुपमा प्रस्तुत भएको थिए, किनकी मेरो गोदावरी न.पा. ११ बढी विशेष आदिवाशी जनजातीले भरिएको र काठमाडौं मै भएर पनि निकै पिछाडीएको बेरोजगार अशिक्षित महिलाहरु र उत्पीडित महिलाहरुको हक हित र बुलन्द आवाजका साथै महिला नेतृत्व र महिला विकासका लागि मेरो उम्मेरवारी थियो । 

तपाई जनमुक्तिबाट प्रदेश नं ३ समानुपातिक उम्मेरवार किन बन्नु भयो ?

मैले अघिनै भनि सकेको छु,  मेरो वडा देखि प्रदेश र राष्ट्र सम्म उम्मेदवार बन्नुको उद्देश्य एउटै हो । 

महिला हक–हित र महिलाहरुको घरबाटै विकासका लागि, शोषणबाट थिचिएका बर्गको उत्थानका लागि, जातीय मुक्ति ल्याउनका लागि, भाषा धर्म संस्कृती मेटिएका उत्पीडित सबै र हेपिएको वर्गको उत्थानका लागि, हेपिएको चेपिएको गाउँ बस्ती, दविएको वर्ग समुदायलाई चेतना जगाउनका लागि, देशको एकल जातीय शासन तोड्नका लागि, भष्टाचारको जालो तोड्न भष्टाचारको अन्त्यका लागि, देश भक्त नागरिकको निमार्णका लागि र नयाँ नेपाल निमार्णका लागि मेरो उम्मेदवारी परेको हो । 

तपाईको यति धेरै एजेण्डाका लागि उम्मेदवारी बन्नु भाको रहेछ के यो सबै सम्भव हुन्छ र ? 

संसारमा असम्भव  भन्ने चिज केहि पनि छैन । समय लाग्छ , हामी समयसंग मुकाविला गर्दै एक दिन जनता र राष्ट्रको मुक्ति र उत्थानका साथै देश विकासका लागि एक दिन तपाई हाम्रो पार्टी राष्ट्रिय जनमुक्ति पार्टीले विजय हासिल गछौँ ।

जातिय मूक्तिका धेरै कुरा आयो नि ?

जातियका कुराहरु गर्दा प्रदेश नं ३ (१३वटा जिल्ला) मा धेरै जात जातिहरु छन् । त्यस मध्येमा बढि नेवार, तामाङ, मगर सिमान्तकृत, क्षेत्रीहरु बसोबास छन् । यस प्रदेशमा जातीयताको आधारमा आदिवासी जनजातीहरुको निकै बाहुल्यता छ ।  

त्यस कारण यस क्षेत्रमा आदिवासी जनजातीको जित हुनु पर्छ भनिए पनि राजनैतिक जागरणका लागि म उम्मेदवारीको रुपमा प्रस्तुत भएको छु । 

यदि तपाई प्रदेश नं ३ मा समानुपातिक संसद भएमा के के काम  गर्ने योजनाहरु  बनाउनु भएको छ ? केहि बताई दिनु हुन्छ कि ?

सबै भन्दा पहिला म पुनः एकपटक प्रदेश नं ३  का सम्पुर्ण दाजु भाई दिदी बहिनी आमा बुबाहरुमा आग्रह अनुरोध गर्दछु, राष्ट्रिय जनमुक्ति पार्टीलाई घर चिन्हमा छाप लगाई धेरै भन्दा धेरै मत सहित जिताऔं । 

साथै म प्रदेश प्रतिनिधी भएको खण्डमा प्रदेश नं ३ मा रहेका जातिय पहिचान आदिवासी जनजातीको पहिचान र ईतिहास बनाउने काम गर्नेछु । लोप हुने लागिएका र विभिन्न आफ्नो संस्कृति परम्परा र धर्म लाई जोगाउने बचाउने काम गर्नेछु । र, विकाश लाई द्रुत गतिबाट अगाडी बढाउन पहल गर्नेछु । 

महिलाका सवालमा के योजना छ ?

मेरो उम्मेदवारी भनिएकै पुर्ण रुपमा महिला नेतृत्व विकाशका लागि हो । प्रदेश नं ३ मा महिला नेतृहरु धेरै जन्मीएको होला तर सबै पार्टीका नीति निर्देशनमा चल्ने, महिलामा विकाशका लागि केहि नगर्ने तर म महिला हकहित, महिला विकाश, महिला शिक्षाका लागि राज्यले हेपिएका, चेपिएका र महिला वर्ग लाई कसरी अगाडी बढाउन सकिन्छ भन्नेतिर चिन्तित छु । 

प्रदेश नं ३ का महिलाहरुलाई राजनैतिक प्रशिक्षण र चेतना मूलक कार्यहरु गरेर अबको १० बर्षमा प्रदेश नं ३ मा ५०५ गाउँ वडा देखि केन्द्रीय राजनितीमा स्थानिय राज्य सत्ताको पहुँचमा पुग्नु–पु¥याउने नै मेरो राजनैतिक लक्ष्य हो ।


0 comments

Write Down Your Responses