Powered by Blogger.
गायक राजेशपायलले पाए अन्तराष्ट्रिय अवार्ड, अवार्डपछि उनलाई ‘मिलाप सम्मान’


काठमाडौं । चर्चित गायक राजेशपायल राईलाई सम्मान गरिएको छ ।  राजधानीमा आइतबार आयोजित  एक विशेष कार्यक्रमबीच  मेगास्टार राईलाई सम्मान गरिएको हो ।

मिलाप म्यागजिन तथा मिलाप न्युज डटकमको आयोजनामा भएको कार्यक्रममा गायक राईले अमेरिकामा एक अन्तराष्ट्रिय अवार्ड पाएको भन्दै सम्मान गरिएको हो । 

सम्मान कार्यक्रममा नेपाली गायनका मेगास्टार राजेशपायलले यो सम्मानबाट आफुले सांगितिक क्षेत्रमा अझ धेरै काम गर्न प्रेरणा प्राप्त भएको बताए । 

हालैमात्र अमेरिकामा सम्मानीत भएका राजेशपायललाई त्यसै सन्दर्भमा मिलाप म्यागजिनले सम्मान गरेको हो । नेपाली गायनमा ‘राई इज किङ’ हुँदै ‘मेगास्टार’को रुपमा ख्याती कमाइसकेका राजेशपायललाई अमेरिकाको रोचेस्टर सिटीले सम्मान गर्दै ‘अन्तराष्ट्रिय पप गायक’ को उपाधि मात्र दिएन कि राजेशपायलको नाममा प्रत्येक ५ नोभेम्बर ५ लाई ‘राई इज किङ’ को नाममा फेस्टिवल मनाउने घोषणा समेत गरेको छ । एक नेपाली कलाकारले अन्तर्रा्ष्ट्रिय रुपमा चर्चा र सम्मान पाएकाले आफुहरुले सम्मान गरेको मिलापका सम्पादक कृष्ण भुसालले बताए । 

सम्मान कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी, अन्तराष्ट्रिय साहित्य समाजका बरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, इतिहासविद् तथा प्राडा सुरेन्द्र केसी, नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष शन्तराम बिडारी, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, निर्वतमान अध्यक्ष अध्यक्ष शान्तिप्रिय, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, नायिका सारिका घिमिरेलगायतले शुभकामना तथा बधाई ज्ञापन गरे । 

यसैक्रममा गीतकार राम रेप्चुङ राई, मिलाप म्यागजिन तथा मिलाल न्युज डटकममा कार्यकारी सम्पादक गीता अधिकारी, पत्रकार सानुकाजी श्रेष्ठ, एमपी सुब्बालगायतले पनि राजेशपायललाई शुभकामना तथा बधाई दिएका थिए ।

खोटाङको तत्कालीन बुइँपा–२ हाल रुपाकोट नगरपालिका–१४ मा आमा सन्चलक्ष्मी राई तथा बुबा रत्न राईको काइँला छोराको रुपमा ३० सेटेम्बरमा जन्मिनु भएका राजेशपायलले ‘सम्झनाको कुरा नगर’ बोलको गीत रेकर्ड गराएर सांगीतिक क्षेत्रको श्रीगणेश गरेका थिए भने पाश्र्वतर्फ पहिलोपटक चलचित्र ‘गरिब’ को ‘मेरो मनको दैलो खोली’ गाएर आफ्नो सांगीतिक ढोका खोलेका थिए । त्यसपछि उनका ढोका कहिल्यै बन्द भएको छैन ।

आधुनिक, पाश्र्व, लोकपप, लोक र विभिन्न मातृभाषाका गीतहरु गाउँदै आएका राजेशपायलले हजारौ गीत गाइसकेका छन् । राजेशपायलले दैनिक दुईदेखि नौ वटासम्म गीत रकर्ड गर्न भ्याएका छन् । 

उनका अधिकांश गीत चर्चित र कालजयी छन् । त्यसैले त आज उनी अन्तराष्ट्रिय रुपमा ख्याती कमाउन सफल भएका छन् । यसरी नेपाली सांगीतिक क्षेत्रमा आफूलाई अब्बल बनाउँदै एकपछि अर्को सफलताको खुड्किलो चढ्दै आएका गायक राजेशपायललाई हालै अमेरिकाको रोचेस्टर सिटीका मेयर लभ्ली वारेन र डेपुटी डाइरेक्टर मेयर डा. केर्डिक एल. अलेक्जन्डरले संयुक्त रुपमा सम्मान गरे । 

र, प्रत्येक ५ नोभेम्बरलाई ‘राई इज किङ डे’ फेस्टिवलको रुपमा मनाउँने घोषणासँगै राजेशपायल ‘अन्तराष्ट्रिय पप गायक’ उपाधिबाट सम्मानीत भएका थिए ।




0 comments

Write Down Your Responses