Powered by Blogger.
थाहा नगरमा वामगठवन्धनको भव्य कार्यक्रम, खतिवाडले भने ‘मण्डलेको बुई चढेर लोकतन्त्रको रक्षा हुन सक्दैन’


पालुङ । संयुक्त वाम गठवन्धनका उमेद्वार विजय गराउनका लागि परिचालित टोलीले उत्तरी मकवानपुरको थाहा नगर पालिकामा भव्य कार्यक्रा आयोजना गरेको छ । 

सोमबार पालुङ बजारमा २ नम्बर वडा स्तरीय तथा शिखरकोट बजारमा ३ र ४ नम्बर वडा स्तरीय संयुक्त सभा भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् मकवानपुर–२ का प्रतिनिधि सभा सदस्य उमेद्वार विरोध खतिवडाले निर्वाचनपछि वामपन्थीहरुको स्थायी सरकार बन्ने सुनिश्चीत भएको स्थानीय तहमा पनि वापन्थीहरुले नै जितेकाले अब विकासको लहर सुरु हुने बताए । 

उनले सरकार वाम गठवन्धनको बन्ने तर जनतामा विपक्षी उमेद्वारहरुले मुख्यमन्त्रीको सपना बाँडेर जनता झुक्याइरहेको आरोप लगाँउदै त्यस्ता भ्रमपूर्ण आश्वासनमा नफस्न जनतालाई सचेत गराए । 

उमेद्वार खतिवडाले बाम गठबन्धनको अभियान नेपाललाई स्वर्ग बनाउने भएको स्पष्ट पार्दै चुनाव जित्न, हार्न वा कसैलाई नेता बनाउनका लागि बामपन्थी एकता नभएको दावी गरे । 

बाम गठबन्धन थाहा नगरपालिका निर्वाचन परिचालन कमिटीले थाहानगरको शिखरकोटमा आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै उमेदवार खतिवडाले बाम गठबन्धन अरबी घोडा चढेर निर्वाचनमा तर  काँग्रेसीहरु भने गधा चढेर  निर्वाचनमा आएको बताए । खतिवडाले भने, ‘राजतन्त्रको हिमायती मण्डलेको बुई चढेर लोकतन्त्रको रक्षा गर्ने भन्दै छद्म भेषमा आएको काँग्रेसले नयाँ संविधान, नेपाली आन्दोलन र जनताको अपमान गरेको छ ।’

एमाले–माओवादी गठबन्धन अस्थायी नभई पार्टी एकताको लागि भएकोले बाम गठबन्धनको उमेदवारलाई मत दिई स्थायी सरकार र विकासको मार्ग प्रशस्त गर्न खतिवडाले आग्रह गरे । 

बाम गठबन्धन नगर संयोजक अरुण रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा माओवादी मकवानपुरका इन्चार्ज एवम् प्रदेश सभा सदस्यका उमेदवार कुमारी मोक्तानले आफुहरु अब नछुट्टिने गरी एक भएको भन्दै  नेपालको समृद्धिको यात्रा यहीँबाट शुरु भएको बताइन् ।

कार्यक्रममा आइतबार काँग्रेसबाट एमालेमा प्रवेश गरेका नेता विष्णु दाहालले आफू निःस्वार्थ एमालेमा आएको बताउँदै नेपालको समग्र विकासका लागि बामपन्थी गठबन्धनको बिकल्प नभएको बताए ।

एमाले जिल्ला पार्टी प्रचार विभाग सदस्य कुमार नेगीले सञ्चालन गरेको  दुबै कार्यक्रम मध्ये पालुङको कार्यक्रमको अध्यक्षता विष्णुहरी ढकालले गरेका थिए भने शिखरकोटाको कार्यक्रमको अध्यक्षता अरुण रायमाझीले गरेका थिए । 

एमालेका निवर्तमान थाहानगर अध्यक्ष अच्युतमप्रसाद ढकालले स्वागत भाषण गरेको उक्त कार्यक्रममा मकवानपुरका पूर्व स्थानीय विकास अधिकारी एवम् वाम बुद्धिजीवी भुवनप्रकाश बिष्ट, थाहा–३ का वडा अध्यक्ष राजेश केसी लगायतले मकवानपुर–२ मा बाम गठबन्धनको जीत सुनिश्चित भएको बताउँदै अबको ध्यान अत्याधिक अन्तर कसरी कायम गर्ने भन्नेमा रहेको बताए । 

 कार्यक्रममा एमालेका समानुपातिकतर्फ प्रदेश सभाका उमेदवार, नेपाल लोकतान्त्रिक आदिवाशी जनजाति महासंघका केन्द्रीय सचिव एवं एमाले मकवानपुरका सचिवालय सदस्य रामचन्द्र बल, एमाले प्रदेश कमिटी सदस्य महेश्वर सुवेदी, प्रदेश प्रचार संयोजक विष्णु विष्ट आदर्श, सहसंयोजक विष्णुप्रसाद ढकाल, जिल्ला कमिटी सदस्य राजु नापित, डिके पुडासैनी, गौतमबुद्ध लामा, एमाले ३ नम्बर  प्रदेश सम्पर्क समन्वय कमिटीका सहसंयोजक अशोककुमार ठकुरी, निवर्तमान साँसद सुभाषचन्द्र ठकुरी लगायतको उपस्थिति रहेको थियो । 




0 comments

Write Down Your Responses