Powered by Blogger.
काठमाडौं बस्ने बज्रबाराहीका युवा जुर्मुराए


काठमाडौं । थाहा नगरपालिकाको बज्रबाराहीबाट काठमाडौं आएर विभिन्न पेशा तथा व्यवसाय गरी अस्थायी वसोबास गर्ने युवाहरु जुर्मुराएका छन् । 

उनीहरुले बुधबार काठमाडौं एक क्याफेमा भेला आयोजना गरी यही मंसि २१ हुने हुने प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा छलफल गरेका थिए । 

छलफलपछि युवाहरुले आगामी निर्वाचनका सन्दर्भमा आफुहरुले सामुहिक र एकतावद्ध भएर उमेद्वारहरुलाई सहयोग गर्ने तर जितपछि बज्रवाराहीको विकासको एजेण्डालाई प्राथमिकतामा राख्नेगरी सहमति हुनुपर्ने निष्कर्ष निकालेका छन् । 

यसका सन्दर्भमा बज्रबाराहीमै गएर स्थानीय जनप्रतिनिधी र उमेद्वारहरुसंग सार्वजनिक अन्तरक्रिया गर्ने पनि भेलाले निर्णय गरेको छ । जसका लागि यही मंसिर १६ गते शनिबार बाराही चौरमा स्थानीय वासिन्दाको समेत उपस्थितिमा वृहत अन्तरक्रिण गरिने निर्णय भएको छ । 

थाहा नगर पालिका वडा नम्बर ६ वा वडाअध्यक्ष शशिधर सुबेदी र वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपालीले उक्त भेलाका लागि उमेद्वारहरुसंग समन्वय गर्ने बताइएको छ । 

करिव ६० जना युवाहरु उपस्थित सो भेलामा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारी, टिष्टुङ बज्रवाराही नेवा पुचका  अध्यक्ष हरिगोपाल श्रेष्ठ, सामाजिक अभियन्ता बिनोद महर्जन, कलाकार रबि आरएस, व्यवसायी गोबिन्द गोपाली, निशान महर्जन लगायतको सहभागिता थियो ।

जगदिश उपे्रेतीको समन्वयमा भएको सो भेलाबाट उप्रेतीकै संयोजकत्वमा एक समन्वय समिति गठन गरिएको छ । सो समितिमा सबै टोलका युवाहरु समेटिएको छ । 

समन्वय समितिको सहसंयोजक दशरथ गोपाली तथा सदस्यहरुमा चन्द्रराज गोपाली, श्रीराम बलामी, श्यामसिंह ठकुरी, सञ्चर भोम्जन, नारायण प्रसाद सुबेदी, बसन्त गोपाली, रबिन्द्र खुलाल, शंकर अर्याल, राजन महजैन र रामहरि बलामी रहेका छन् । 

सो समितिले हरेक महिनामा एक पटक अनिवार्य भेला आयोजना गर्ने र एकआपसमा सरसरहयोग गर्ने योजना बनाएको छ । 





0 comments

Write Down Your Responses