Powered by Blogger.
व्यापक जनलहरका साथ बज्रबाराही र चित्लाङमा कोणसभा


बज्रबाराही(टिस्टुङ)मकवानपुर । मकवानपुरको प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ का बाम गठबन्धन तर्फका उम्मेदवार बिरोध खतिवडाले काँग्रेस र पूर्वपञ्चहरुको गठवन्धनले मुलुकको अग्रगति दिन नसक्ने बताएका छन् । 

 थाहा नगरपालिका ६ बज्रबाराहीमा बुधबार भएको कोणसभामा बोल्दै उनले पञ्चहरुको प्रेतात्मा आफैं समाप्त भइसकेकोले त्यसले मुलुकको निकाश नहुने ठोकुवा गरे । एमाले केन्द्रीय सदस्य समेत रहेका खतिवडाले त्यस्तो प्रेतात्मा अर्थात भुत देखेर नडराउन मतदाताहरुलाई आग्रह गरे ।

काँग्रेस र राप्रपाको गठबन्धनलाई पूर्व पञ्च र मण्डलेहरुको पञ्चायत भन्दै खतिवडाले यसबाट आशा राख्नु बेकार भएकाले वाम गठवन्धनको विकल्प नभएको तर्क गरे । 

सभामा बोल्दै मकवानपुर २(क) प्रदेश सभा उम्मेदवार कुमारी मोक्तानले आफु जनतालाई सिकाउने नभई सिक्न आएको बताईन् । यस क्षेत्र कम्युनिष्टको उर्बर र उद्गम थलोसँगै थाहा आन्दोलनको उद्गम बिन्दु भएकाले यहाँबाट आफुले धेरै कुरा सिकेको उनको भनाई छ । ‘अशोक सम्राटले पाईला राखेको भुमी चित्लाङ यसै क्षेत्रमा पर्छ, न्याय समानता र समृद्धि मेरो पहिलो कर्म हो’,मोक्तानले भनिन् । 

सभामा  एमालेका समानुपातिक तर्फ प्रदेश सभा उमेद्वार एवं नेपाल लोकतान्त्रिक आदिवाशी जनजाती महासंघका केन्द्रीय सचिव रामचन्द्र बल, थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, एमाले नेता विष्णु ढकाल, अखिल उपाध्यक्ष महेश बर्तौला, माओवादीका नेता अरुण रायमाझी, विष्णु विष्ट,  एमाले जिल्ला सदस्य राजु नापित,  डिके पुडासैनी, पूर्व सांसद सुभाषचन्द्र ठकुरी लगायतको आतिथ्यता रहेको थियो । सभा एमाले नेता दामोदर सुवेदीको सभाध्यक्षतामा भएको हो । 

यसैबीच थाहा नगरपालिका ९ चित्लाङमा पनि कोणसभा भएको छ । नेकपा एमालेका लक्ष्मण रेग्मीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर २ प्रतिनिधिसभा उम्मेदवार बिरोध खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । 

मकवानपुर २(क) प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानको विषेश आतिथ्यता रहेको कार्यक्रममा पूर्व सांसद सुभाषचन्द्र ठकुरी, नेकपा माओवादी मकवानपुरका नेता प्रकाश पाण्डे, अखिल उपाध्यक्ष महेश बर्तौला लगायतले धारणा राखेका थिए । 




0 comments

Write Down Your Responses