Powered by Blogger.
निर्बाचनपछि काँग्रेसको हैसियत देखिन्छः खतिवडा


नौखण्डे(टिष्टुङ,मकवानपुर) । वामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाले आगामी निर्बाचनपछि काँग्रेसको अस्थित्व समाप्त हुने दावी गरेका छन् । 

बिहिबार मकवानपुरका उत्तरी क्षेत्र थाहा नगरपालिकाको चित्लाङ र टिष्टुङमा भएको कार्यक्रममा भएको चुनावी सभामा बोल्दै खतिवडाले चुनावको नतिजापछि वामगठबन्धनको जितसँगै काँग्रेसको हैसियत समाप्त हुने बताए । 

जनतालाई ढाँट्दै पटक पटक बहुमत ल्याउन सफल काँग्रेस आफ्नै कारण जनताबाट वहिश्कृत हुन लागेको बताए । उनले भने–‘ जनताले अब काँग्रेसलाई बिश्वास गर्ने वाताबरण छैन ’ बारम्बार जनता झुक्याएर सत्ता कब्जा गर्ने काँग्रेसको रणनिति फेल भएको उनको भनाई थियो । 

चुनावपछि उसको वाश्तविक हैसियत प्राप्त हुने खतिवडाले ठोकुवा गरे । 

कार्यक्रममा बोल्दै प्रदेश  २ (क) का उमेद्वार कुमारी मोक्तानले देशमा जनताले बिकास चाहेको बताईन् । आगामी चुनाव पछि वामगठवन्धनको दुई तिहाई बहुमत आउने दावी गर्दै मोक्तानले त्यसपछि विकासको लहर सुरु हुने बताइन् । 

कार्यक्रममा निबर्तमान सांसद सुवासचन्द्र ठकुरी,  नेपाल लोकतान्त्रिक आदिवाशी जनजाती महासंघका केन्द्रीय सचिव तथा समानुपातिक उमेद्वार रामचन्द्र बल, एमाले थाहा नगर संयोजक तथा जिल्ला सचिवालय सदस्य विष्णुप्रसाद ढकालअनेरास्वबियुका केन्द्रीय उपाध्यक्ष महेश बर्तौला, माओबादी केन्द्रका नेता अरुण रायामाझी, थाहा नगरपालिकाका मेयर लबसेर बिष्ट, वाइसिएलका केन्द्रिय सचिब प्रकाश पाण्डे, वडाध्यक्ष किरणमान बल लगायतको उपस्थिति थियो । 



0 comments

Write Down Your Responses