Powered by Blogger.
जनताले मलाई बोकाएको भारी म बोक्न तयार छु


यज्ञ बोगटी
वामगठवन्धन तर्फका प्रतिनिधी सभाका प्रत्यासी, अछाम–२


० वाम गठबन्धका तर्फबाट तपार्इं प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको छ, जनताका लागि तपाईंका एजेन्डा के छन् ।

– चार÷पाँचवटा योजना हामीले मूलभूत रूपमा उठाएका छौ । पहिले कुरा त यो राष्ट्रको राष्टियताको संरक्षण गर्ने, राष्ट्रिय स्वाभिमान, नेपाली जनताको आर्थिक समृद्धिको विषयवस्तुलाई हामीले प्रमुख एजेन्डाका रूपमा उठाएका छौं । अर्काेतिर राजनीतिक स्थायित्व स्थापना गर्न त्यसका साथ स्थानीय तहमा हाम्रा सडक, स्वाथ्य, बिजुली, शिक्षा, कृषि, पर्यटनलाई पनि एजेन्डाका रूपमा लिएका छौं । 

अछाम जिल्लाामा पछौटे प्रथा छ, त्यसको अन्त्य गर्छौं । हाम्रा धेरै युवा दिन प्रतिदिन सयौंको संख्यामा बिदेसिएका छन् । ती युवाहरूलाई कसरी हुन्छ स्वदेशमा रोजगारका सिर्जना गर्नेछौं ।

वामगठबन्धनको सरकार आयो भने हामीले बिदेसिएका युवालाई स्वदेशमा रोजगारको वातावरण सिर्जना गर्छौं । 

० तपार्इंलाई जनताले भोट किन दिने र जिताउने ?

– मैले यहाँभन्दा अगाडि जनताको क्षेत्रमा धेरै काम गरेको छु । जनताको दुःखसुखमा साथ दिँदै आएको छु । युवाहरूको क्षेत्रमा, महिलाहरूको क्षेत्रमा, बालबालिको क्षेत्रमा गाउँबस्तीको क्षेत्रमा र जिल्लाको विकासका क्षेत्रमा मैले धेरै काम गरेको छु । 

जस्तै ः शिक्षा, स्वाथ्य, खानेपानी, यातायात क्षेत्रमा काम गरेको छु । त्यसैले, सम्पूर्ण अछामी जनताले मलाई भोट दिनुहुन्छ र मलाई जिताउनुहुन्छ । यसमा म ढुक्क छु । 

० तपार्इंसँग नेपाली कांग्रेसका पूर्वपार्टी सभापति पुष्पबहादुर शाही चुनावी मैदानमा छन् । यसमा तपार्इंलाई चुनाव जित्न कतिको सजिलो छ?

– मलाई एकदम सजिलो छ । २०७० सालमा त एक्लै नेकपा (एमाले) ले अछामका दुवै निर्वाचन क्षेत्रमा चुनाव जितेको सबैलाई थाहा नै छ । यसपटक त चुनाव हार्नेमा शंकासमेत छैन । 

एक्लैले चुनाव जितेको क्षेत्रमा देशका दुई ठूला दल एमाले र माओवादी केन्द्र एक ठाउँमा छन् । एकै एजेन्डा लिएर चुनावी मैदानमा छन् । 

जनताले हामीलाई भोट दिन्छन्, जिताउँछन् जनताले वाम गठबन्धको पाँच वर्षीय सरकार चाहेका छन् । देशको विकास चाहेका छन् । राष्ट्रियता चाहेका छन् । राष्ट्रिय स्वाभिमान चाहेका छन् । 

० जनताले भोट दिएर चुनाव जिताएपछि नेताहरू जनतासामु आउँदैनन् आफूलाई भोट दिएको जनतालाई चिन्दैनन् भन्ने कुरा उठ्ने गरेको छ नि ?

– खै अरूले के गर्छन् मलाई थाहा छैन, मैले जनताको हितको लागि पहिले पनि धेरै सोचेको छु । आफ्नो पार्टीबाट हुने या आफ्नो व्यक्तिगत हुने सहयोग सधैं गर्दै आएको छु । अझै पनि गर्छु । 

म जनताको कामदार हुँ, जनताकै माझमा हुन्छु । जनताकै दुःखसुख बुझ्छु । मलाई यो नचिन्ने नबोल्ने कुरै छैन । जनताले मलाई जिम्मेवारीको भारी बोकाउँछन्, म त्यो भारि सजिलै बोक्न सक्छु । जनताले मलाई त्यो जिम्मा दिन्छन् भन्नेमा म विश्वस्त छु । 

० जनताका लागि तपाईं गर्ने पहिलो योजना के हो ?

– तपाईंले राम्रो प्रश्न गर्नु भो । मैले धेरै काम गर्छु भन्दै मेरो पहिलो योजना जनताले मलाई भोट दिएर चुनाव जिताए भने मैले हाम्रो अछाममा रहेका गलत कुप्राथाको अन्त्य गर्छु । सबै जनतालाई विद्युत्को पहुँचमा पु¥याउँछु । 

अछामका यस्ता गाउँबस्ती छन्, जहाँका बालबालिकाले स्कुल जान पाएका छैनन् । स्वास्थ्य सेवा पाएका छैनन् । यातायात सेवा पाएका छैनन् । स्वच्छ खानेपानी पाएका छैनन् । यसमा मेरो पहिलो ध्यान जान्छ । गाउँबस्तीका जनताले यो सेवा पाउँछन् । म पु¥याउँछु । मेरो पहिलो योजना यही हो ।

मैले अछामी जनताका लागि सोचेको अर्काे कुरा के हो भने अछाम जिल्ला पर्यटकीय हिसावमा धेरै प्रचुर सम्भावना बोकेको छ । कृषि क्षेत्रमा धेरै सम्भावना छ । गाईबाख्रा पाल्नमा अछाम जिल्लाले धेरै सम्भावना बोकेको छ । 

हाम्रा बिदेसिएका युवाहरूलाई स्वदेश फर्काई स्वदेशमा कसरी ति युवालाई रोजगारको सिर्जना गर्न सकिन्छ भन्नेमा धेरै सोचेको छु । युवाहरूलाई स्वदेशमै रोजगारको सिर्जना गर्छु ।

० यी चुनावी एजेन्डा त पहिला पनि तपाईंको पार्टीले उठाउँदै आएको हो तर पूरा गर्दैन ?

– हो, हामीले पहिला पनि यी योजनाहरू उठाउँदै आएका थियो । त्यतिबेला हाम्रो पार्टीसँग बहुमत थिएन । हाम्रो पार्टी नेकपा (एमाले) ले नौ महिना सरकारको नतृत्व गरेको थियो । त्यतिबेला राष्ट्रको हितमा रहेका धेरै ठूला काम हुने क्रम जारी छ । जति हामी चाहेका थियो, त्यति हुन सकेको छैन । 

अब देशका ठुला दुई पार्टी नेकपा (एमाले) र माओवादी केन्द्र एक ठाउँमा आएको छ, अब ढुक्कसँग पाँच वर्ष वाम गठबन्धनको सरकार आउँछ देश समृद्धिमा फड्को मार्छ । हाम्रा एजेन्डा पूरा हुन्छन् । 

प्रस्तुति ः गोबिन्द कुँवर 


0 comments

Write Down Your Responses