Powered by Blogger.
प्रदीप ज्ञवालीलाई समर्थन गर्दै उमेद्वारी स्थगन, जनमोर्चा पनि ज्ञवाली जिताउन लाग्ने


गुल्मी । गुल्मी क्षेत्र नम्बर १ का साझा बामपंथी उम्मेदवार तथा प्रभावशाली नेता प्रदीप ज्ञवालीलाई जिताउन अहिले सिङ्गो देश र गुल्मीको आबश्यकता भएकोले  केन्द्रले दिएको निर्देशन अनुसार जनमोर्चा जिल्ला समिति गुल्मीले समर्थन गरेको छ । 

जनमोर्चा गुल्मीले प्रेस विज्ञप्ति जारी गर्दै साझा बाम उम्मेदवार प्रदीप ज्ञवालीलाई जिताउन अपिल गरेको हो । बिज्ञाप्तिमा भनिएको छ –‘पार्टी केन्द्रको निदेशन अनुसार गुल्मी –१ का बाम उम्मेदवार प्रदीप ज्ञवालीलाई समर्थन गर्दछौं । 

साथै देशको बिशेष परिस्थितिलाई मध्यनजर गर्दै पार्टिले अघि सारेको उम्मेदवार क. छबिलाल सतूरङगीको उम्मेद्वारी स्थगन गरिन्छ ।

जिल्ला पार्टी अध्यक्ष जीवन राना्द्वारा जारी बिज्ञाप्तिमा गुल्मी १ का उम्मीदवार प्रदीप ज्ञावालीलाई जिताउन आम अजनसमुदायमा समेत  अपील गरिएको छ ।

0 comments

Write Down Your Responses