Powered by Blogger.
राजधानीमा मकवानपुरका वामहरुको वृहत भेला


काठमाडौ । राजधानीमा रहेका मकवानपुरेहरुको  वृहत भेला सम्पन्न भएको छ । आसन्न मंसिर २१ गते हुन गइरहेको प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचनलाई केन्द्रीत गरेर भेला आयोजना गरिएको हो ।

संयुक्त वाम गठवन्धनको वृहत भेला नेकपा(एमाले)का स्थायी समिति सदस्य मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो । 

कार्यक्रमलाई सम्वोधन गर्दै स्थायी समिति सदस्य न्यौपानेले काँग्रेसले वामगठवन्धलाई अधिनायकवादको आरोप लगाउनु गलत भएको भन्दै लोकतन्त्रको हरणकर्ता नै काँग्रेस भएको ठोकुवा गरे । उनले विभिन्न कालखण्डको उदाहरण दिँदै काँग्रेसले नै पटक पटक किस्तीमा राखेर लोकतन्त्र दरवारमा बुझाएकाले अब उक्त भ्रममा नपर्न आग्रह गरे । 

कार्यक्रममा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य एवं निवर्तमान सांसद रामनारायण बिडारीले समाजवाद हुँदै साम्यवादसम्म पुग्नका लागि नेपालमा वामपन्थीहरुको सहकार्यले राम्रो संकेत गरेको बताँउदै रुपचन्द्र विष्टले सुरुवात गरेको जनमुखी व्यवहार अनुकरण गर्नुपर्ने बताए । 

कार्यक्रममा पूर्व सांसद तथा एमालेका उपभोक्तहित संरक्षण विभागका सदस्य सुभाषचन्द्र ठकुरीले आफ्नो नेतृत्वमा गरेका विकास निर्माणबारे चर्चा गरेका थिए ।

कार्यक्रममा एमाले ३ नम्बर प्रदेश सम्पर्क समन्वय कमिटीका सहसंयोजक अशोककुमार ठकुरी, सदस्यहरु नवराज वस्ती, देवराज केसी, एमाले मकवानपुर जिल्ला कमिटी सदस्य देवकृष्ण पुडासैनी, मकवानपुर काठमाडौं संघीय जनसम्पर्क मञ्चका पूर्व अध्यक्षहरु माधव दाहाल, रामशरण अधिकारी, सुर्य ब्लोन, इन्द्रशरोवर गाँउ पालिकाका वडा अध्यक्ष राजुमान महर्जन लगायतको उपस्थिति थियो । 

एमाले मकवानपुर काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष जगतकुमार थिङको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर काठमाडौं संघीय जनसम्पर्क मञ्चका अध्यक्ष बिनोद महर्जनले स्वागत मन्तव्य राखेका थिए ।

 कार्यक्रम संयुक्त निर्वाचन परिचालन कमिटीका सचिव सम्वल चौलागाँइले सञ्चालन गरेका थिए । 



0 comments

Write Down Your Responses