Powered by Blogger.
काउन्सिल सदस्य चौलागाँइद्धारा विपन्नलाई सहयोग हस्तान्तरण


काठमाडौं ।  प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द प्रसाद चौलागाईंले हालै नुवाकोट तादी गाउँपालिका वडा नं. २ रालुका किरण प्राविका २७ जना आर्थिक अवस्था अत्यन्तै कमजोर भएका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पठन पाठन र पोशाक खरिदका लागि नगद र कापी कलम वितरण गरेर सामाजिक कामको नमुना प्रस्तुत गर्नुभएको छ । 

निरन्तर यस्ता कार्यमा लाग्नु नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्व अध्यक्ष तथा हालका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । उहाँले धेरै पहिलेदेखि यस्ता खाले सामाजिक कामहरु गर्दै आउनुभएको छ । 

काम गर्ने तर लो प्रोफाइलमा बस्न चाहने चौलागाईंलाई नुवाकोटमा जानका लागि अर्का समाजसेवी तथा युवा व्यक्तित्व केपी लामिछाने प्रेरित गर्नुभएको थियो । 

सहयोग सानै भएपनि समाजमा यस्ता खालका सहयोगले ठुलै सन्देश छोड्न सक्छ । यसैगरी सहयोगी हातहरु समाजमा निरन्तर अघि बढ्न सके अत्यन्तै गरिब तथा जेहेन्दार विद्यार्थीहरुले अझै राहत पाउन सक्ने स्थानीय बासिन्दा श्याम पाठक बताउँछन् । 




0 comments

Write Down Your Responses