Powered by Blogger.
एमाले वरिष्ठ नेता खनाल भन्छन्, ‘अब जे जिम्मेवारी लिए पनि एकफेर मात्र लिन्छु’


काठमाडौं । नेकपा(एमाले) का वरिष्ठ नेता झलनाथ खनालले आफुले अब राजनीतिक वा पार्टीगत जिम्मेवारी एक पटक मात्र लिने घोषणा गर्नुभएको छ । 

 २०३९ सालमै पार्टी महासचिव भइसक्नुभएका र एमालेका पूर्व अध्यक्ष समेत रहनु भएका खनालले दामन पोष्टका सम्पादक शन्तराम बिडारीसंग विशेष कुराकानी गर्दै उमेर, अनुभव वा क्रियाशीलताका कारण अब आफु राजनीतिक वा पार्टीगत जे जिम्मेवारीमा आएपनि एकफेर मात्र आउने बताउनुभयो ।

डल्लु स्थित आफ्नै निकासमा लामो कुराकानी गर्दै नेता खनालले भन्नुभयो,‘ जुन ठाँउमा म आइपुगेको छु, जुन उमेरमा म आइपुगेको छु, जुन अनुभवहरु प्राप्त गरेर आइसकेको छु, अबको अवस्थामा मैले जुनसुकै पद अब एकपटक चाँही म लिन तयार नै छु ।’

उहाँले त्यो जिम्मेवारी मध्ये राष्ट्रपति उपयुक्त हुनसक्ने संकेत गर्नुभयो । राष्ट्रपति भनेको त सक्रिय राजनीतबाट विश्राम लिने पद हो, फेरी एकफेर प्रधानमन्त्री हुने  वा पार्टी अध्यक्ष हुने वा सक्रिय राजनीति गर्ने भन्ने योजना चाही छैन ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘मैले अहिलेसम्म जति पदहरु प्राप्त गरें, सिङ्गो जिन्दगीभरी मैले यो पद प्राप्त गर्छु भनेर आकाँक्षा लिएर हिँडीन । मैले यत्तिकै प्राप्त गर्दै आएको छु । अब पनि मलाई यो पद देउ भनेर म कतै काँही कसैसंग माग गर्दिन । तर पार्टीले दिने जिम्मेवारी जुनसुकै तहको र रुपको भएपनि पुरा गर्नको लागि म आफु सक्षम छु ।’

अघिल्लोचोटी नै तपाँइलाई राष्ट्रपतिको आकाँक्षीको रुपमा हेरिएको थियो । पछि परिस्थिति अर्को ढंगले विकास भयो, यो चोटी चाँही पुरा हुन्छ भन्ने आशा छ त ? हामीले यो प्रश्न गर्दा उहाँको जवाफ थियो, ‘हो, अघिल्लो पटक पनि र अहिलेको पटक पनि मलाई राष्ट्रपतिको रुपमा हेर्न चाहने साथीहरुले मलाई धेरै शुभकामना दिनुभएको छ । उहाँहरुलाई म धन्यवाद दिन चाहन्छु । उहाँहरुको जो इच्छा छ, त्यो इच्छालाई म कदर पनि गर्न चाहन्छु । तर म आफैं यो पद देउ भनेर हिँड्दीन । मलाई मुल्याङ्कन गरेर पार्टीले दिने जिम्मेवारी चाँही म स्विकार गर्न तयार छु ।’

यहाँले वाम एकता जुनसुकै मुल्यमा पनि हुनुपर्ने र त्यसका लागि सबै विकल्पहरु खुला गरिनुपर्ने धारणा राख्नुभयो । वाम एकतालाई लिएर पनि अहिलेबाटै आशंका सुरु हुन थालेको तर्फ आश्वस्त हुन आग्रह गर्नुभयो ।   उहाँले दुइवटा वामपन्थीहरुको एकतालाई धर्तिका कुनै शक्तिले पनि रोक्न नसक्ने जिकिर गर्नुभयो । 

उहाँ अगाडि भन्नुहुन्छ, ‘वाम एकता नेपालको ऐतिहासिक आवश्यकता हो । त्यो आवश्यकता परिपुर्ती गनै दुइवटै वामहरुले पहल गरिसकेका छन् । एकता प्रक्रिया अगाडि बढिरहेको छ । चुनावी तालमेलले, तालमेलमा भएका सफलताहरुले दुइवटा पार्टीहरुलाई झनै बढी निकटता ल्याएको छ । र, त्यो निकटता समेतलाई ध्यानमा राखेर हामी निकट भविश्यमा दुइवटा पार्टीलाई एकतावद्ध गछौं ।’ 

उहाँले एकतामा भाँजो हाल्ने कुनै पनि शक्ति असफल भरै छाड्ने दावी गर्नुभयो । पार्टी अध्यक्ष को बन्ने भन्ने सवालमा धेरै विवाद निस्कीए अध्यक्ष मण्डलबाट समेत चलाउन सकिने  उहाँको धारणा छ ।

‘तल तल एकताको अधिवेशन गर्ने केन्द्रमा अध्यक्ष मण्डलबाट सञ्चालन गर्ने अनि एकताको पहिलो महाधिवेशनपछि जो नेतृत्वमा आँउछ, उसैलाई स्किाकार्ने पनि विकल्प हुनसक्छ । ’–उहाले सुझाव दिनुभयो । 

उहाँले पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै दलको नभएमा बहुकेन्द्र हुन्छ भनेर पार्टी महासचिव इश्वर पोखरेलले बोलेको धारणा आधिकारीक नभएको स्पष्ट पार्नुभयो ।  उहाँले भन्नुभयो ‘व्यक्तिहरुले कहाँ के बोले त्यो निर्णायक हुँदैन । हाम्रो पार्टीका कमिटीहरु बसेर, स्थायी समिति बसेर छलफल गरेर कुनै निर्णय अहिलेसम्म भएको छैन । हामी यसमा खुला छौं । नेकपा माओवादी केन्द्रसंग पनि हाम्रा छलफलहरु चलिरहेकै छन् । हामीले पार्टीभित्र पनि छलफल गरिरहेका छौं । खुला छलफल गरेर हामीले एउटा टुङ्गो गछौं । त्यसमा कुनै समस्या आँउछ भन्ने मलाई लाग्दैन । ’

एकताका लागू दुबै दलले मेरो गोरुको बाह्रै टक्का गर्न नहुने तर्क राख्नुभयो । पार्टी उपाध्यक्ष वामदेव गौतमले चुनाव हार्दा आफुलाई निक्कै दुख लागेको बताउँदै उहाँले त्यसको गम्भिर छानवीन गरे दोषी प्रमाणीत भए दण्डित गर्नुपर्ने बताउनुभयो ।  

उपाध्यक्ष गौतम सक्रिय राजनीतिमा रहने मान्छे भएकाले उहाँलाई कसरी के जिम्मेवारी दिने भन्नेबारे छलफल चलिरहेको पनि उहाले जानकारी दिनुभयो । 




0 comments

Write Down Your Responses