Powered by Blogger.
मकवानपुरका साहित्यकार बिर्खे अञ्जान सिक्किममा सम्मानित

 मकवानपुर  /  सिक्किममा मकवानपुरका सहत्यिकारहरु सम्मानित भएका छन् । नेपाली साहित्य परिषद् सिक्किम तथा किनार प्रकाशन गान्तोकको सँयुक्त आयोजनामा सिक्किममा भएको एक समारोहकाबीच नेपालका साहित्यकारहर गोर्खे साइँलो, केशवराज आमोदी, लोकनाथ बराल, रामकुमार एलन, हयग्रीव आचार्य, कृष्णप्रसाद दहाल, राजबाबु पहाडी, बिर्खे अञ्जानलगायत सम्मानित भएका छन् ।

 मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा बसेर क्रियाशील बिर्खे अञ्जानलाई पनि अभिनन्दन गरिएको हो । अञ्जानका दुई कृती प्रकाशनमा छ । मकवानपुर जिल्लाबाट प्रकाशित भएको पहिलो समालोचना ग्रन्थ शल्यक्रिया र अवसान सपना कविता संग्र्रह अहिले चर्चामा छ । यसका अतिरिक्त उनको आधा दर्जन सहलेखन किताब प्रकाशन भएको छ । नेपाली साहित्य परिषद्का अध्यक्ष रूद्र पौडेलको सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा सिक्किम बिधान सभाका अध्यक्ष केएन राइको प्रमुख आथिथ्यतामा भएको थियो ।

0 comments

Write Down Your Responses