Powered by Blogger.
१ हजार ९ सयको दन्त उपचार


पालुङ । लायन्स क्लब अफ पिस थाहा , लियो क्लब अफ पिस थाहा र जनकल्याण माध्यमिक विद्यालयको आयोजना तथा अराउण्ड गुड पिपुलको प्राबिधिक  सहयोगमा थाहा नगरपालिकामा संचालित  एक हप्ते निशुल्क दन्त शिविरमा १ हजार ९ सय जनाको दन्त उपचार गरिएको छ ।  

मंसिर ११ देखि १६ गतेसम्म संचालित शिविरमा दाँतको समस्याबाट पीडित बिरामीहरुलाई आवस्यकता अनुसार दन्त परिक्षण , दाँतमा सिमेन्ट भर्ने , दाँत निकाल्ने , दाँत सफा गर्ने सुबिधा उपलब्ध गराइएको लियो क्लव अफ पिस थाहाका अध्यक्ष अनित विष्टले बताए । 


0 comments

Write Down Your Responses