Powered by Blogger.
मकवानपुरमा कमल थापालाई ५ हजार भन्दा बढि मतले पछि पार्दै कृष्ण दाहाल विजयी

मकवानपुर / प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नंबर १ बाट वाम उम्मेद्वार एमालेका कृष्णप्रसाद दाहाल भारिमत सहित विजयी भएका छन् । दाहालले राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापालाई ५ हजार ९ सय ७३ मतले पराजित गरेका हुन् ।

दाहालको ४० हजार ६ सय ३१ मत अउँदा थापाको ३४ हजार ६ सय ५८ मतमात्र आएको थियो । यो जित सँगै कृष्ण दाहालले मकवानपुरमा जितको ह्याट्रिक गरे ।

२०२० साल  असार ३ गते ंमकवानपुर जिल्लाको ठिंगन गाविस वडा नंः ३ मा जन्म भएका दाहाल बुवा भूमिनन्द दाहाल र आमा ढाकाकुमारी दाहालको कोखबाट जन्मिएका हुन् । ३८ वर्षको राजनीतिक यात्रा शुरु गरेका दाहाल २०४२ मा शिक्षक आन्दोलनको समयमा एक हप्ता, २०५९ मा पूर्व राजा ज्ञानेन्द्र शाहको शासन समयमा एक पटक बन्दी जीवन समेत विताएका हुन् ।

 दाहाल २०३६ सालदेखि राजनीतिमा संलग्न रहनु भएको दाहाल २४ वर्षकै उमेरमा २०४४ सालमा ठिंगन गाविसको जनपक्षीय प्रधानपन्च समेत भएका थिए । २०४८ र २०५६ मा मकवानपुर १ नम्बरबाट सांसद निर्वाचित समेत भए । दाहाल हाल नेकपा एमाले तीन नम्बर प्रदेश कमिटि सदस्य समेत हुन् । शैक्षिक योग्यता भने बि.ए. गरेको छन ।

0 comments

Write Down Your Responses