Powered by Blogger.
युवा वर्गको सवलीकरण र सशक्तीकरणको लागि मेरो उम्मेद्वारी : गोपाली

थाहा नगरपालिका / मकवानपुरको उत्तरी भेगमा रहेको पालुङ्ग जेसिजको आसन्न अधिवेशनका लागि युवा उम्मेद्धार सुवास गोपालीले अध्यक्षको पदमा उम्मेदवारी घोषणा गरेका छन् । २०१८ को अध्यक्षको लागि आगामी पौष २ गते थाहा नगरपालिकामा हुने पालुङ्ग जेसिसको अधिवेशनका लागि गोपालीले अध्यक्षका लागि उमेम्दवार दिएका हुन् । युवा वर्गको सवलीकरण र सशक्तीकरणका लागि आफुले जेसिजको अध्यक्षमा उम्मेद्वारी दिएको गोपालीले दामन पोष्टसंग बताए ।

 पालुङ्ग जेसिजमा २०१० सालमा जेसिजको सदस्यको रुपमा प्रवेश गरेका गोपाली जेसिजको शाखा सम्पादक, सचिव, कोषाध्यक्ष, उपाध्यक्ष समेत भईसकेका गोपालीले निश्चित समय, एक व्यक्ति र एक पद तथा विधिको शासनलाई आदर्श ठान्ने जेसिजको अभियानलाई अझ सार्थक पार्न आफुले अझ बढि समय दिने उनले बताए ।

गोपाली पास्टर यसोसियसन मकवानपुर जिल्लाका उपाध्यक्ष, ख्रिष्ट्रियन महासंघ जिल्ला उपाध्यक्ष, मकवानपुर उत्तरीभेग इसाई समाजको अध्यक्ष, आशिष चर्चका अध्यक्ष तथा पास्टर, गोपाली संस्कृतिक साँझको उपाध्यक्ष, सेतीगणेश खानेपानी उपभोक्ताका कोषाध्यक्ष जस्ता र्दजनौँ संघसंस्थामा आवद्ध छन् । जेसिसमा लामो समय देखि लागेको गोपाली सामाजिक कार्यमा सकृय छन् ।

अहिलेको समयमा युवाहरुको हो, सबै क्षेत्रमा युवाहरुको प्रतिनिधित्व र नेतृत्वका लागि म सँधै अगाडी उभिन्छु, गोपालीले भने । युवाहरुमा उद्यमशीलता र व्यवसायको विषयमा प्रोत्साहन आवश्यक छ, यो विषयमा आफु सचेत रहेको भन्दै युवालाई सहि दिशा तर्फ उन्मुख गराउने खालका कार्यक्रम गर्न तर्फ आफ्नो पहल हुने बताए । विगतदेखि युवाको बारेमा काम गर्दै आइरँदा युवाहरुको अभिमत बुझेको उनले बताए ।

 उनले थपे,‘युवाहरुलाई मात्र नभई वृद्धवृद्धालाई हुने खालको कार्यक्रम समेत ल्याउनेछु’ । उनले हाम्रो भन्दा राम्रो उम्मेदवारी रोज्नको लागि सबैलाइ आग्रह समेत गरे ।

0 comments

Write Down Your Responses