Powered by Blogger.
भोटर मात्र नभई मेम्बर बनाउने मेरो पहिलो अजेण्डा हुन्छ : अमात्य

थाहा नगरपालिका /   पालुङ जेसीज वर्ष २०१८ को अध्यक्ष पदको लागि विजयश्याम अमात्यले उमेद्वारी घोषण गरेका छन् । आसन्न पौष २ गते थाहा नगरपालिकामा हुने पालुङ्ग जेसिसको अधिवेशनका लागि अमात्यले अध्यक्षका लागि उमेम्दवार दिएका हुन् । उनले दामनपोष्ट संग कुरागर्दै भने,‘ जेसिज अभियानलाई सार्थक बनाउनका लागि भोटर होइन मेम्बर बनाउन जरुरी रहेको छ ।
उनले जेसिजमा चुनाव जिताउनको लागि मात्रै भोटर बन्ने परिपाटि रहेको बताउर्दै यस कार्यलाई रोक्दै भोटर नभई सक्षम मेम्बर बनाउन मेरो पहिलो पहल हुने बताए । यस विकृतिले गर्दा सक्षम उम्मेद्वारले ठाउँ नपाइरहेको प्रति गुनासो गर्दै यस तर्फ सबै सचेत हुनु आग्रह समेत गरे ।
यस अघि वर्ष २०१० मा कार्यक्रम संयोजक, वर्ष २०११ मा उपाध्यक्ष, वर्ष २०१२ मा मनोरञ्जन संयोजक, वर्ष २०१३ मा शाखा सम्पादक, वर्ष २०१४ मा कार्यकारिणी उपाध्यक्ष, वर्ष २०१५ मा महासचिव र २०१६ मा कानुनी सल्लाहकार, ल्यामपुँचको समितिको सचिव, रक्तदाता स्वंयमसेवि समाजको जिल्ला कमिटि कोषध्यक्ष, राष्ट्रिय जनसंगीत मञ्च मकवानपुर जिल्ला कमिटि सचिवको कार्यभार सम्हालीसकेका अमात्यले युवा लक्षित कार्यक्रमलाई उजेण्डाको रुपमा राखेकोे र पालुङ जेसिज नयाँ ढंगबाट लैजाने तयारीको साथ आफ्नो उमेद्वारी रहेको बताए ।
२००५ साल देखिको जेसिसको यात्रामा लागेका अमात्यले हाल सम्म जेसिजको सबै कार्याभार समालिसकेका छन । अब अध्यक्षको जिम्मेवारी सम्हाल्न मात्र वाँकी रहेको अमात्यले बताए । विभिन्न क्षेत्रमा आवद्ध रहेका अमात्य यस वर्षमा आफ्नो जित पक्का रहेको बताएका छन् । 
नवक्षितज कला केन्द्रका निर्देशक समेत रहेका अमात्यले कलाकारिता मार्फत जेसीजलाई अग्रणी स्थानमा लैजान योगदान समेत पु¥याउनुको साथै वोल्नु भन्दा काम गरेर देखाउने उहाँको भनाई छ । पालुङ जेसिज प्रति मैले गरेको योगदान प्रति सबै जानकारी नै रहेका भन्दै यस पटकको जित आफ्नै भएको समेत दावि गरे । उनले सक्षम उम्मेद्वारलाई जिताउनको लागि आग्रह समेत गरे । अमात्य थाहानगरका पालिका ओखरबजारका स्थाई वासिन्दा हुन् ।

0 comments

Write Down Your Responses