Powered by Blogger.
पालुङ जेसिजमा त्रिपक्षीय भिडन्त हुने लगभग निश्चित

थाहानगर / पालुङ जेसिजको वर्ष २०१८ को अध्यक्ष पद सम्माल्नको लागि त्रिपक्षीय भिडन्त हुने लगभग पक्कापक्की भएको छ । अध्यक्ष पद सम्हाल्नको लागि लामो समयदेखि जेसिजमा योगदान पु¥याएको युवा उम्मेद्धवारहरु मैदानमा उत्रिएका हुन् । पौष २ गते आईतवार हुने अधिवेसनका लागि वर्तमान सचिव देखि निकतम् प्रतिद्धन्द्धीसम्मको यूवा उम्मेद्वार आफ्नो नेतृत्व लिनको लागि अहिले दौडधुवमा छन् ।

 उनीहरु यति वेला निर्वाचनमा जित हात पार्नको लागि मतदताहरु संग छलफल तथा अन्र्तक्रियामा गर्न व्यस्त छन । वर्ष २०१८ को लागि पालु¨ जेसिजमा नेतृत्व लिनको लागि हाल सम्म सुवास गोपाली, कुमार नेगी, विजयश्याम अमात्यले अध्यक्ष पदको लागि दावी गरेको हुन् । २०१० सालमा जेसिजको सदस्यको रुपमा प्रवेश गरेका सुवास गोपाली जेसिजको शाखा सम्पादक, सचिव, कोषाध्यक्ष, उपाध्यक्ष समेतको पद समालिसकेका छन् ।

 गोपाली पास्टर यसोसियसन मकवानपुर जिल्लाका उपाध्यक्ष, ख्रिष्ट्रियन महासंघ जिल्ला उपाध्यक्ष, मकवानपुर उत्तरीभेग इसाई समाजको अध्यक्ष, आशिष चर्चका अध्यक्ष तथा पास्टर, गोपाली संस्कृतिक साँझको उपाध्यक्ष, सेतीगणेश खानेपानी उपभोक्ताका कोषाध्यक्ष जस्ता र्दजनौँ संघसंस्थामा आवद्ध छन् । जेसिजमा लामो समय देखि लागेको गोपाली सामाजिक कार्यमा सकृय छन् । 

यस्तै अमात्य वर्ष २०१० मा कार्यक्रम संयोजक, वर्ष २०११ मा उपाध्यक्ष, वर्ष २०१२ मा मनोरञ्जन संयोजक, वर्ष २०१३ मा शाखा सम्पादक, वर्ष २०१४ मा कार्यकारिणी उपाध्यक्ष, वर्ष २०१५ मा महासचिव र २०१६ मा कानुनी सल्लाहकार, ल्यामपुँचको समितिको सचिव, रक्तदाता स्वंयमसेवि समाजको जिल्ला कमिटि कोषध्यक्ष, राष्ट्रिय जनसंगीत मञ्च मकवानपुर जिल्ला कमिटि सचिवको कार्यभार सम्हालीसकेका छन् । 
२०१७ मा समेत अध्यक्ष पदमा उम्मेद्वारी दिएका अमात्य पछि फिर्ता लिएका थिए । यस पटक पनि अध्यक्षमा दावि गरेका छन् । लामो समय देखिको योगदान सँगै जेसिजको यात्रामा सबै पद समालिसकेका उम्मेद्वार मै मात्र रहेको बताउदै यस पटक वाजी मार्ने दावि गरेका छन् । 

यस्तै कुमार नेगी पनि बलियो अध्यक्ष पदको दावेदर उम्मेद्वार हुन् । २००३ मा सदस्य लिएका नेगी २००७ मा महासचिव, कार्यकारी उपाध्यक्ष, शाखा सम्पादक, तालिम संयोजक पद समेत सम्मालि सकेका छन् । 
 नेगी पत्रकार महांसघ मकवानपुरका पुर्व केन्द्रिय पार्दस, गैरसहकारी संस्था महासंघ मकवानपुरका निर्वतमान सचिव, लायन्स क्लव अफ पिस थाहा नगरका जनसम्पर्क अधिकृत, फोनिजको मध्यमाञ्चल संयोजक, पिस नेपालको अध्यक्ष, आईडिया नेपालको अध्यक्ष, शैक्षिक सहयोग नेपालको केन्द्रिय सचिव, शान्तिपुर दैनिकका सम्पादक तथा प्रकाशक, विकास खबर डटकमका प्रधान सम्पादक, राजधानी दैनिक मकवानपुरका सम्वाददाता, रेडियो पालुङको पुर्व स्टेशन म्यानेजर, नारायाणी दैनिकको प्रधान सम्पादक, मिडिया एण्ड डेभलवमेन्ट म्यानेजम्यान सेन्टर प्रवन्धक निर्देशक समेत हुन् ।
१५ वर्ष शिक्षण पेसामा आवद्ध भएका नेगी शिक्षक र समाज शात्रका पुर्व प्राध्यापक, आमसंचार, पत्रकारिता व्यत्तित्व र नेतृत्व विकास संस्थागत क्षमता विकास, र जेन्डर विषयको प्रशिक्षक समेत हुन् । 

0 comments

Write Down Your Responses