Powered by Blogger.
अनाश्रित वालवालिकालाई सहयोग गर्ने तामाङ सम्मानित


काठमाडौं । अनाश्रित वालवालिकालाई नियमित रुपमा सहयोग गर्ने कालु तामाङ सम्मानित भएका छन् । 

काठमाडौं महानगरपालिकाका सवारी चालक रहेका तामाङले डल्लु स्थित अनाश्रित वालवालिका उत्थान केन्द्र नेपालमा आश्रित वालवालिकाहरुलाई पठन पाठन र खानपानको लागि सहयोग गर्दै आएका थिए । 

शनिवार केन्द्रमै आयोजित एक संक्षिप्त समारोहमा कालु तामाङका तर्फबाट उनका छोराले सम्मान पत्र ग्रहण गरे । केन्द्रका अध्यक्ष कृष्ण शिवाकोटीले मनका धनी तामाङलाई संस्थाको तर्फबाट सहयोगी दाताका रुपमा सम्मान गर्न पाएकोमा खुशी व्यक्ति गरे । 

कार्यक्रममा सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तिहरुले उत्थान केन्द्रको अवलोकन गरेका समेत थिए ।

नेपाल सरकारका सहसचिव बेदबहादुर कार्की, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारी, वरिष्ठ पत्रकार एवं सदाबहार साप्ताहिकका सम्पादक इन्द्र रिजाल, अधिवक्ता गणेश केसी लगायत अन्य विशिष्ठ व्यक्तिहरु सहभागी सो कार्यक्रममा सहभागीहरुले ‘एक्लो प्रयासमा अनाथ वालवालिका संरक्षणका लागि पहल गर्नु अत्यन्त राम्रो कार्य’ भन्दै यस्ता व्यत्तिहरुलाई राज्य र अन्य निकाय तथा संघसंस्थाले पनि सहयोग गरेर हौसला थप्नुपर्ने विचार राखे ।



२०७० सालमा स्थापना गरिएको सो केन्द्रमा दलित, अनाथ, उत्पिडित तथा युद्ध पिडित १५ वालवालिकाहरु आश्रय लिइरहेका छन् । उनीहरु राम्रो अंकका साथ अध्ययन गरिरहेको तथा पछिल्लो समय संस्था सञ्चालन गर्न समस्या हुँदै गएको अध्यक्ष शिवाकोटीले बताए । 

सिन्धुपाल्चोक स्थायी ठेगाना भएका शिवाकोटी भने जनयुद्धमा घरबार छाडेर युद्ध लडेका र शान्ति प्रक्रियापछि समाजसेवामा लागेका व्यक्ति हुन् । उनले एउटा सिङ्गो घर भाडामा लिएर १५ वालबच्चालाई आफ्नै छोराछोरी जस्तै गरेर हुर्काइरहेका छन् । 





0 comments

Write Down Your Responses