Powered by Blogger.
मकवानपुरको छतिवनलाई बालविवाह मुक्त गाउँ बनाउने

मंसिर,१८ हेटौंडा / वकैया गाउँपािलका वार्ड न ३, छतिवनको वसनमा अभिभावकहरुले बालविवाह मुक्तm गाउँ बनाउने अभियान सुरु गर्ने एक कार्यक्रममा प्रतिवद्धता जनाएका छन् । बालविवाह कसरी न्यूनिकरण गर्दै हटाउन सकिन्छ भन्ने विषयको कार्यशालामा अभिभावकहरुले विगत ५ वर्ष देखि बालविवाहको तथ्याङ्ग संकलन गर्ने र तुलानात्मकरुपममा बालविवाह घट्दै जानुको कारण समेत अध्ययन गरिने समाज सेवी पे्रम बहादुर डिम्डुङले बताएका छन् ।
सिविन बाल हेल्पलाइन नेपालको आयोजना तथा वसन किशोरी समुहको सहकार्यमा संचालित कार्यक्रममा वसन गाउँका समाजसेवि एवं अभिभावकहरु पे्रम बहादुर डिम्डुङ, कमलबहादुर वि.क., बाबु रुम्वा, अक्कल बहादुर डिम्डुङ लगायतले समाजमा रहेको सामाजिक विकृति, जाँड रक्सि, पारिवारिक कलह, प्रविधिमा अभिभावक र बालबालिका विचको बुझाइमा असमानता, प्रविधिको दुरुपयोग, बालबालिकाको शिक्षा प्रतिअभिभाकको वेवास्ता जस्ता कारणले बालविवाह बढेको बताएका छन् ।
 सो स्थानमा विगत १ वर्ष देखि किशोर किशोरीहरुको लागि किशोरी सशक्तीकरण केन्द्र मार्फत प्रतिदिन २ घण्टा किशोरी शिक्षा संचालन भइरहेको र यसबाट बालविवाह न्युनिकरणमा सहयोग पुग्ने सिविन बाल हेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिए ।
२ दिन सम्म संचालन भएको सो कार्यक्रममा किशोर किशोरी अवस्थामा आउने परिवर्तन, बालविवाह र कानुनी ब्यवस्था, बालविवाहका असर र यसले निम्त्याउने परिणाम, बालविवाह न्युनिकरणमा अभिभावकले निर्वाह गर्नुपर्ने जिम्मेवारी लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । ४० जना किशोर किशोरीहरुको अभिभावकहरुको सहभागिता रहेको कार्यक्रममा सिविन बाल हेल्पलाइनका झबिन्द्र ज्ञवाली र सम्झना अधिकारीले प्रशिक्षण दिन’ भएको थियो ।

0 comments

Write Down Your Responses