Powered by Blogger.
निर्वाचनले नयाँ राजनीतिक आयाम थप्ने :रावल

Image may contain: 2 people, people smiling, people standing and outdoorटेकराज भण्डारी,
 अछाम मंसिर २१ / नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज बिहान ७ बजे मतदान गर्नुभएको छ । साँफेबगर नगरपालिका वडा नम्बर ६ मा रहेको चन्द्रोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका रावलबाट मतदान कार्य शुभारम्भ भएको थियो । मतदानपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै रावलले लामो संघर्षपछि प्राप्त लोकतन्त्र र गणतन्त्रको संस्थागत विकास र देशको समृद्धिका लागि चुनाव महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । ूचुनावले नयाँ राजनीतिक आयाम दिनेछू रावलले भन्नुभयो ूचुनाव पछि प्रदेश र केन्द्रीय सरकार स्थिर हुने र देशको विकास चलायमान हुनेछू ।

0 comments

Write Down Your Responses