Powered by Blogger.
थाहा नगर समृद्ध बनाउन अवधारण सार्वजनिक


पालुङ । थाहा नगरपालिकालाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । 

शनिबार शिखरकोटस्थित एक होटलको सभाहलमा भएको नागरिक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवाहरुले नगरको विविध विषयमा आआफ्नो धारणा राखेका हुन् । 

कार्यक्रममा विभिन्न क्षेत्रमा अगुवाई गर्दै आएका ९ जनाले आआफ्नो अवधारणा पत्र नै प्रस्तुत गरेका थिए ।

कार्यक्रममा थाहानगरको समग्र विकास, शिक्षा, पर्यटन, धार्मिक पर्यटन, उपभोक्ता हित, साहित्य, संचार लगायतको विकासका सन्दर्भमा कार्यपत्र र अवधारणा पत्र प्रस्तुत गरिएको थियो  । 

रेडियो आवाज ८८.८ मेगाहर्जबाट प्रत्यक्ष प्रशारण गरिएको कार्यक्रममा नगरपालिकाको समग्र विकासलाई लिएर समृद्ध थाहानगर निर्माणका आधारहरु शीर्षकमा अच्युतम प्रसाद ढकाल, थाहा नगरपालिकाको शिक्षा विकाससम्बन्धी सानोभाइ कार्की, पर्यटन व्यवसाय विकासबारे सुरेन्द्रमान प्रधानले अवधारणा पत्र प्रस्तुत गरेका थिए । 

त्यसैगरी धार्मिक पर्यटन विकाससम्बन्धी रामप्रसाद ढकालले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने स्थानीय सरकारलाई बलियो बनाउन संचार माध्यमको भूमिकाको सन्दर्भमा पत्रकार सुरजकुमार भुजेलको अवधारणा पत्र प्रस्तुत गरिएको थियो । 

थाहा नगरको महिला विकास सम्बन्धी कल्पना बलामी, साहित्य, भाषा र कलासम्बन्धी बिर्खे अञ्जान र उपभोक्ता हितसम्बन्धी गणेशमान श्रेष्ठले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुत अवधारणा पत्रमाथि क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका उपनिर्देशक कृष्ण घिमिरे र ज्योति रायमाझीले टिप्पणी गरेका थिए  । 

टिप्पणीकारहरुले अवधारणा पत्रहरु ओजपूर्ण रहेको भन्दै त्यससम्बन्धी टिप्पणी गरेका थिए । 
थाहा नगरलाई समृद्ध बनाउन नगरको बार्षिक बजेट, योजना र कार्यक्रमले मात्र सम्भव नभई दिगो विकासमा आधारित आवधिक योजना र तदनुरुपको कार्यान्वयनलाई जोड दिनु पर्नेमा अवधारणा पत्रहरु सार्वजनिक भएको थियो । 

नगरको आन्तरिक श्रोतहरुको वृद्धि गर्दै बाह्य क्षेत्रबाट लगानी भित्र्याउन डिपिआरसहितको खाका अघि सार्नुपर्नेमा सहभागी सबैले जोड दिएका थिए । 
अवधारणाकारहरुले नगरबासीको साथ, सहयोग र जनप्रतिनिधिहरुको अगुवाईका साथ योजनावद्ध ढंगले अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।  

0 comments

Write Down Your Responses