सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीसँग अन्तरक्रिया

अन्तत्र्रिmया कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनालले यस भन्दा अघि ट्राफिक प्रहरीसँग गरिएको सम्झौतालाई कार्यान्वयन गरेमा सवारी व्यवस्थापनमा सघाउ पुग्ने जिकीर गरेका छन् ।
संघमा आवद्ध वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको सो छलफलबाट संघका सचिव काव्यमणि अधिकारीको संयोजकत्व तथा नारायणी यातायात व्यवसायी संघका सचिव गुणराज घिमिरे सहसंयोजक, सदस्यमा कृष्णराम न्यौपाने, ओम चौलागाई, विजयकुमार श्रेष्ठ, हरि खतिवडा, ट्राफिक प्रहरी समेत गरी ७ जनाको सवारी व्यवस्थापन समिति गठन गरिएको छ चने बजारमा सवारी व्यवस्थापनका लागि पुन छलफल पश्चात देखिएका समस्या उपर छलफल गरी अघि बढ्ने निर्णय गरिएको छ । अन्तक्र्रिया कार्यक्रममा विभिन्न वस्तुगत संघ, संघका उपाध्यक्ष कृष्ण अग्रवाल, महासचिव प्रमोद सिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष अर्याल, काव्यमणि अधिकारी, कार्यसमिति सदस्य, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
0 comments
Write Down Your Responses