Powered by Blogger.
रिजाल सहित पाँच स्रष्टालाई पुरस्कार


स्याङ्जा । स्याङ्जा साहित्य प्रतिष्ठानले पाँच जनालाई स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । 

प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षतामा बसेको बैठकले कालीगण्डकी साहित्य कला पुरस्कार–२०७३ र ०७४ बाट क्रमश गोविन्दराज विनोदी (नवलपरासी) र नवराज रिजाल (बारा) लाई सम्मान गर्ने निर्णय गरेको हो । 

त्यसैगरी प्रतिष्ठानले यानति स्मृति साहित्य पुरस्कार–२०७४ खगेन्द्र लामिछाने, आमा सुमित्रादेवी गिरी साहित्य पुरस्कार–२०७३ सरु पोख्रेल र आमा सुमित्रादेवी गिरि साहित्य पुरस्कार–२०७४ श्याम प्रसाद नेउपानीलाई दिने घोषणा गरेको छ । 

सो पुरस्कार फागुन २५ गते वार्षिक साहित्यिक समारोह आयोजना गरी प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।


0 comments

Write Down Your Responses