Powered by Blogger.
राष्ट्रिय सभामा वरिष्ठ अधिवक्ता बिडारी किन ?


काठमाडौं । निर्वाचन आयोगले माघ २४ का लागि राष्ट्रिय सभाको निर्वाचन तोकेसंगै उमेद्वारको चर्चा चल्न थालेको छ । 

यही माघ १० गते संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा सदस्यका लागि उमेद्वारी दर्ताको कार्यक्रम तय गरिएकाले पनि आकाँक्षीहरुको दौडधुप बढेको छ ।

खासगरी नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठवन्धले संयुक्त रुपमा राष्ट्रिय सभाका लागि उमेद्वारी दर्ता गराउने तयारी गरेकाले पनि उमेद्वारहरुको आन्तरिक तयारी थालिएको बुझिएको छ । 

यसपटक कार्यदलमा राष्ट्रिय सभाका लागि नभै नहुने केही व्यक्तिका बारेमा समेत छलफल सुरु भएको बताइएको छ ।

त्यस्ता व्यक्तिहरुमा माओवादी केन्द्रबाट वरिष्ठ अधिवक्ता तथा पोलिट्व्युरो सदस्य रामनारायण बिडारी र एमालेबाट पोलिट्व्युरो सदस्य बेदुराम भुषाल लगायत सिमित व्यक्तिमात्र रहेको बताएको छ । राष्ट्रपतिले मनोनयन गर्ने तिन जना बाहेक ५९ सदस्यीय राष्ट्रिय सभामा वाम गठवन्धनले कम्तिमा ३० सिट जित्ने अनुमान गरिएको छ । 

त्यसमध्ये कानुनविद् पनि भएको, संविधान निर्माणमा विशेष भुमिका निर्वाह गरेको र अफ्ठ्यारो कानुनी अड्चनका बेला पनि सबैसंग समन्वय गरेर कानुनी निकास खोल्न सक्ने व्यक्तिका रुपमा वरिष्ठ अधिवक्ता बिडारीलाई एमाले र माओवादी दुबै दलका तर्फबाट प्राथमिकताका साथ अघि बढाउने सोच नेताहरुले बनाएको विशेष सुत्रबाट थाहा भएको छ । 

थाहा आन्दोलनका अगुवा तथा दार्शनिक स्वर्गिय रुपचन्द्र विष्टका उत्तराधिकारी मात्र होइन सोही अभियानका अभियन्ता बिडारी यसपटक मकवानपुर–२ बाट प्रतिनिधीसभा सदस्यमा उमेद्वार बन्ने चर्चा चलेपनि अन्तत एमालेलाई नै दुबै सिट दिनुपर्ने सहमति भएपछि पछि हटेका थिए ।

बिडारी संविधान बनाउन गठित पाँच सदस्यीय विशेषज्ञ टिमका सदस्य मात्र होइन सबैदलका नेता सम्मिलत कार्यदलमा पनि सदस्य थिए । ‘कानुन निर्माण तथा संविधान बनाउने क्रममा चरम विवाद हुँदा पनि अन्तराष्ट्रिय अभ्यास र नेपालको सन्दर्भलाई हेरेर मध्यमागी बाटो खोज्दै छिटो भन्दा छिटो संविधान जारी गर्न  बिडारी निक्कै चिन्तीत देखिन्थे’– उनको भुमिकाबारे खुलाउँदै एक एमाले नेता भन्छन् ।

त्यो बेला बिडारी लगायतका टिमले दिँउसो मात्र होइन रातभरी समेत काम गरेको प्रशस्त उदाहरण छ ।

त्यतीमात्र होइन यो बीचमा निर्माण भएका करिव एक सय भन्दा बढी कानुनहरु मध्ये प्राय हरेक कानुन निर्णाणमा उनी संलग्न रहेको बताइन्छ । त्यसमध्ये अधिकांश कानुन निर्माणका क्रममा गठित कार्यदलको संयोजकका हैसियतले पनि उनले महत्वपूर्ण ढंगले काम गरेका थिए । 

राष्ट्रिय पुननिर्माण प्राधिकरण सम्वन्धी ऐन, व्यवस्थापिका संसद नियमावली, सजाय निर्धारण तथा कार्यान्वयन गर्ने विद्ययेक, महाअभियोग शिफारीश समिति तथा विभिन्न छानवीन समितिहरुमा उनको महत्वपूर्ण भुमिका रहेकाले अहिले पनि सो विज्ञतालाई उपयोग गर्नुपर्ने कुरा उठेको छ ।

त्यतीमात्र होइन बिडारी समेतको संलग्नतामा १९१० देखि चलिआएको मुलुकी ऐनलाई पूर्ण रुपमा आधुनीक बनाइएको छ । 

पछिल्लो समय वकालती पेशामा सारै कम र भुगोलको राजनीतिमा बढी सक्रिय बिडारीलाई मकवानपुर–२ बाट व्याक हटाउने क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाका लागि तयारी थाल्न त्यतिबेलै निर्देशन दिएको पार्टी हेडक्वाटरका एक सदस्यले बताए । 

त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओली पनि बिडारीदेखि अत्यन्त प्रभावित भएकाले एकपटक त्यो अवसर आफुलाई आउने संभावना रहेकोमा आशावादी देखिन्छन् ।

उनले आफु पदका लागि ‘ज्यान फालेर नलाग्ने तर अवशर दिएमा कुशलतापुर्वक काम गरेर देखाउन सक्षम रहेको’ प्रमाणित भइसकेको’ भन्दै यसबारे अरु धेरै नबोल्ने प्रतिक्रिया दिए । 

उनलाई राष्ट्रिय सभामा प्रतिनिधीत्व गराँउदा मकवानपुरका माओवादी केन्द्रका केन्द्रीय नेताहरुको समेत प्रतिनिधीत्व हुने र संयुक्त गठवनधनका तर्फबाट प्रतिनिधीत्व शुन्य रहेको मकवानपुरको उत्तरी क्षेत्रको पनि सम्वोधन हुने देखिन्छ । 

त्यसैले यसका लागि आफुहरु सक्दो पहल गर्न तयार रहेको मकवानपुरका वामगठवन्धनका नेताहरुले बताएका छन् । 


0 comments

Write Down Your Responses