Powered by Blogger.
सुकम्वासी, मुक्तकमैया, हलिया र भूमिहिनको समस्या समाधान गर्दछु



नरबहादुर धामी, युवा नेता, नेकपा(एमाले)


अखिलको महासचिवमा पराजित भएपछि सुदुरपश्चिमका युवा नेता नरवहादुर धामी भुगोलको राजनीतिकमा केन्द्रीत रहे । दोस्रो संविधान सभाको निर्वाचनमा करिव १ हजार २ को अन्तरले पराजित भए । लगातार दुई पटक पराजित व्यहोरेका धामीले यसपटक भने सहजै जित हासिल गरे । त्यो पनि ८ हजार २ सय २७ मतको अन्तरमा । 

उनी कांग्रेसका युवा नेता एनपी साउदलाई पराजित गदै निर्वाचित भएका हुन् ।  २०६५ सालमा अखिलको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित भएपछिको यो उनको जित हो । विस २०६२ सालमा पहिलो पटक गणतन्त्रको नारा लगाउदा धामी पार्टीको कारवाहीमा परेका थिए । 

तर पछि उनले लगाएको नारा नै पार्टीले बोक्यो । २०६१ सालमा उनलाई राजद्रोहको मुद्दा लगाएर तीन महिना जेल हालियो । प्रस्तुत छ  धामी बिजय भएपछि काठमाडौ आएको वेला उनीसंग गरिएको कुराकानी ः 

जितलाई कसरी लिनु भएको छ ?

म विद्यार्थीदेखि नै राजनीतिकमा सक्रिय हुदै आएको छु । अखिलको केन्द्रीय सदस्य हुदै कोषाध्यक्षमा निर्वाचित भए । अखिलबाट विदा भएपछि म भूगोलको राजनीतिमा क्रियाशिल रहेको थिए ।  

२०७० सालको निर्वाचनमा पनि उम्मेदवार बनेको थिए । तर पार्टीकै आन्तरिक कारणले म हारँे । अहिले भने फरक परिस्थीति रहेको थियो । वामगठन्धन रहेको थियो । तर मेरो क्षेत्रमा वामगठन्धन भएपनि कांग्रेसका नेतासंग प्रतिस्पर्धा गर्नु कम चुनौतिपूर्ण थियो ।

 तैपनि म सजिलै पराकिलो मतान्तरमा जिते । यो जित मेरो क्षेत्रका जनताले ममाथि गरेको भरोसा हो । जनता मलाई विश्वास गरेर नै जिताउनु भएको हो । मैले यो जितपछि आफूलाई जनतासंग परीक्षण गर्न मौका पाएको छु । म त्यो परीक्षामा पास हुने छु ।  

तपाईको आफ्नो क्षेत्रको विकासको योजना के छ ? 

मैले  निर्वाचनमा गरेका प्रतिवद्धता पुरा गर्दछु । जनतासंग मैले थुप्रै प्रतिवद्धता व्यक्त गरेको छु । जुन जुन प्रतिवद्धता मैले व्यक्त गरेको छु, ति सबैलाई मैले सहजै नै पुरा गर्न सक्षम छु । म विगत ८ बर्षदेखि आफ्नो क्षेत्रमा वसिरहेको छु । यहाँको विकास गर्नका लागि नै मलाई विश्वास गरेर जनताले जिताएका छन् । मैले त्यो पुरा गर्नै पर्दछ । 

मसंग आफ्नो निर्वाचन क्षेत्र बनाउने योजना छ । उहाँका समस्या के हुन भनेर प्रष्ट थाहा छ । ती समस्यालाई एक एक गदै पुरा गर्ने छु । बाटोघाटो ,पुलपुलेसा, खानेपानी,सुकम्वासी,मुक्तकमैया, हलिया, भूमिहिन सवैको समस्या समधान गर्छु भनेर म बिजय भएको हुँ । 

लामो समयदेखि सुकुम्वासी, हलिया र भूमिहिनले जग्गा पाएका छैनन् ।  अहिले पनि मेरो क्षेत्रमा ६० प्रतिशत मानिसहरुको नाममा जग्गा रहेको छैन । मेरो पहिलो काम उनीहरुलाई जग्गा प्राप्त गराउन तर्फ हुने छ । 

अर्को कुरा, त्यस क्षेत्रमा नदि कटानको पनि समस्या रहेको छ । त्यसलाई पनि व्ववस्थापन गर्न मैले प्रयास गर्नुपर्दछ । मेरो काँधमा निकै ठूलो जिम्मेवारी आएको छ । त्यो म पुरा गर्दछु । 

स्थानीय तहसंग कसरी मिलेर काम गर्नुपर्दछ ?

मेरो क्षेत्रमा ३ नगरपालिका सहितका स्थानीय तह छन् । तीसंग समन्वय गरेर विकास निर्माण गर्दछु । साना देखि ठूला योजनामा समन्वयको गर्दछु । ती नगरपालिका नै मेरो क्षेत्रको हो । वेलकोट शुक्लाफाँटा सहितका नगरपालिको विकासमा पनि म अग्रसर नै हुने छु । साना कार्यक्रम नगरपालिकाबाट आएपनि ठूला कार्यक्रम म केन्द्रबाट लैजान्छु । 

अहिले बेरोजगारीको समस्या रहेका छ, आफ्नो क्षेत्रमा कसरी समस्या समाधान गर्नुहुन्छ ?

हो, अहिलेको सबभन्दा ठूलो समस्याका रुपमा वेरोजगारी नै रहेको छ । मेरो क्षेत्रबाट पनि रोजगारका लागि सयौ युवा विदेशीने गरेका छन् । त्यो वेरोजगारलीाई पनि समाधान गर्ने मेरो ठूलो चुनौति रहेको छ ।

पहिले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला वेलकोटमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गर्नु भएको थियो । 

अव पनि फेरि अध्यक्षज्यू नै प्रधानमन्त्री हुने चर्चा छ । अर्को कुरा, म जितेर आइसकेको हुनाले अब त्यो क्षेत्रलाई औद्योगिक क्षेत्र बनाउन म आफै लाग्छु । अनि त्यसबाट पनि केही हदसम्म वेरोजगारको समस्या समाधान हुन्छ ।

 अर्को कुरा अखिलले अघि सारेको शैक्षिक ऋणको कुरा छ । त्यो पनि सरकारबाट लागु गराउनका लागि म आफै लागि पर्दछु । अखिलको पुरानो नेता भएको हैसियले म शैक्षिक ऋणलाई कार्यन्वयनमा लैजान्छु । त्यसले धेरै युवालाई रोजगारी दिलाउन मद्दत गर्दछ ।  

आफूलाई कस्तो भूमिका पाए निर्वाह गर्छु जस्तो लागेको छ ? 

मैले टिकट लिन जादा पार्टी अध्यक्षले चुनाव जितेर आउनुहोस्, म मन्त्री बनाउछु,  तपाईजस्तो मान्छे मन्त्री हुनुपर्दछ भन्नु भएको थियो । अव जितेर आएको छु, हेरौ पार्टीले मेरो पक्षमा कस्तो निर्णय गर्दछ । तर अखिलमा र पार्टीमा लामो समय काम गरेर आएको हुनाले राष्ट्रिय राजनीति बारे राम्रो ज्ञान भएकोले पार्टी अध्यक्षले भनेजस्तो मन्त्रीकै भूमिका निभाउन सक्दछु । 

युवाले देश चलाउन सक्छन त ?

मुलुकमा राजनीतिक आन्दोलन सकिएकोले अव विकासे आन्दोलनको आवश्कता रहेको छ । हो, त्यही विकासे आन्दोलनलाई अघि बढाउने शक्ति युवा नै हुन् ।  युवालाई नेतृत्व दिए देशको विकास चाँडो गर्ने थिए । 

किनकी अहिलेका युवा ज्ञान सिप र अनुभवले पोख्त भएकोले उनीहरुमा काम गर्ने क्षमता छ । त्यसो भएकोले युवालाई नेतृत्व दिनुपर्दछ ।


0 comments

Write Down Your Responses