Powered by Blogger.
चित्लाङको कलाँटुमा स्थानीयको सहयोगमा सडक


मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं १० को चित्लाङ कलाँटुमा स्थानियको सहकार्यमा २ किलोमिटर सडक खनिएको छ । 

सामाजिक विकासमा सबै एकजुट भएपछि रकम संकलन गरि विकास निर्माणको कार्य सुरु गर्दै कलाटुवासीले उदाहरणीय कार्य गरेका छन् ।

आवतजावतमा समस्या भएका कारण स्थानिय सिद्धिकुमार गमालको परिकल्पना अनुसार सडक निर्माण कार्य सूरु भएको हो । 

थाहा नगरपालिका लगायत कुनै पनि सरकारी तथा गैर सरकारी निकायको आर्थिक सहयोग बिना नै झलकचन गमालको नेतृत्वमा कलाटु बासीले ४ मिटर फराकिलोे सडक खनेका हुन् । ‘

एक बर्षमा निर्माण सकिने गरि लक्ष्य राखी पोहोरबाटै कार्यसूरु गर्न रकम संकलन गर्न थालिएको थियो र हाल सम्म करिब ४ लाख ५० हजार बराबरको रकम संकलन भैसकेको छ’ स्थानिय परशुराम गमालले बताए ।


0 comments

Write Down Your Responses