Powered by Blogger.
सम्पादक ढकाल सहित चार वरिष्ठ पत्रकार सम्मानित


काठमाडौँ । नेपाल पत्रकार मञ्चले यस वर्षको प्रताप स्मृति पत्रकारिता पुरस्कारले नेपाली जनता अनलाईनका सम्पादक यज्ञ ढकाललाई पुरस्कृत गरेको छ । मञ्चले आयोजना गरेको विषेश कार्यक्रममा रक्षा मन्त्री भीमसेनदास प्रधानले उक्त पुरस्कार ढकाललाई प्रधान गरेका हुन । 

पत्रकार योगेन्द्र प्रताप शाहीद्धारा आफ्ना पिताको नाममा स्थापना गरिएको उक्त पुरस्कारको राशी रु १५ हजार रहेको छ । 

सो अवसरमा पत्रकार ढकालले आफ्नी माताको नाममा सीता ढकाल स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्दै सो समारोहमा घोषणा समेत गरेका छन् । उक्त पुरस्कारको राशी रु २० हजार हुने कुरा पत्रकार ढकालले समारोहमा बताएका हुन् ।

पुरस्कृत ढकालले सम्मान र पुरस्कार गहण गर्दै पुरस्कारको राशी नेपाल पत्रकार मञ्चको विकास, पत्रकारहरुलाई तालिम र अन्य अतिरीक्त क्रियाकलापलाई सहयोग पुर्याउन नगद रु १५ हजार कार्यक्रमका प्रमुख अतिथी रक्षा मन्त्री भीमसेनदास मार्फत मञ्चका अध्यक्षलाई समर्पण गरेका छन् । 

त्यसै गरि मञ्चले दुई दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील वरिष्ठ पत्रकारहरु प्रल्हाद रिजाल, मदनकुमार श्रेष्ठ, रामकुमार अधिकारी र  योगेन्द्रप्रताप शाहीलाई अग्रज पत्रकार सम्मानबाट सम्मानित गरिएको छ । साथै सुनकोशि नगरपालिका उपप्रमुख तथा नेपाल पत्रकार मञ्चकी कार्यसमिति सदस्य लक्ष्मी पौडेललाई  पनि सम्मान गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथी रक्षा मन्त्री भीमसेनदास प्रधानले अहिलेको संविधान बृहत सम्झौताको दस्तावेज भएको बताउँदै सबैलाई समेटेर अगाडि बढ्नुको विकल्प नभएको बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले राजनीतिक परिवर्तनमा प्रेसले खेलेको भूमिका उल्लेखनीय रहेतापनि राज्यले अझैपनि सञ्चार माध्यमलाई महत्व दिन नसकेको बताए ।

कार्यक्रम नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीको अध्यक्षतामा सम्पन्न भएको थियो भने उक्त कार्यक्रमको संचालन पत्रकार तथा मञ्चका महासचिव विमलकुमार थापाले गरेका थिए ।






0 comments

Write Down Your Responses