Powered by Blogger.
ईन्द्रसरोवर,बाग्मति र भिमफेदी गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको गाउँपालिका स्तरिय शिक्षक अधिवेशन सम्पन्न

Image may contain: 11 peopleमकवानपुर / नेपाल राष्ट्रिय शिक्षक संगठनको छुट्टा छुट्टै तीनवटा गाउपालिकामा गाउपालिका स्तरिय शिक्षक अधिवेशन सम्पन्न भएको छ । अधिवेशन हुनेमा ईन्द्रसरोवर गाउँपालिका,बाग्मति गाउँपालिका र भिमफेदी गाउँपालिका रहेका छन् । 
नेपाल राष्ट्रिय संगठनका केन्द्रीय सदस्य डिल्लिराम सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न ईन्द्रसरोवर पालिका अधिवेशनमा शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जीवन ढकाल एवम् ईन्द्रसरोवर गाउँपालिका प्रमुख जीवन लामाको विशेष आतिथ्यता रहेको थियो ।

 नेपाल राष्ट्रिय शिक्षक संगठन  ईन्द्रसरोवर गाउँपालिका ईन्चार्ज अनिल पराजुली को सभाअध्यक्षतामा सम्पन्न अधिवेशनमा शिक्षक हीत बचत तथा ऋण सहकारी संस्थाका सचिव प्रतिमा गौतम,सहसचिव अर्जुन प्रसाद पोखरेल, शिक्षक संगठन मकवानपुर प्रचार विभाग प्रमुख सुनील गौतम,लगायतकाको उपस्थिति रहेको थियो । अधिवेशनले मधुकर कार्की को अध्यक्षतामा  २१ सदस्सीय  गाउँपालिका स्तरिय शिक्षक संगठन कमिटि गठन गरेको छ । उपाध्यक्षमा मैयाँ शाही र श्यामकृष्ण गौतम चयन हुनुभएको छ भने सचिवमा रमेश सापकोटा र  कोषाध्यक्षमा हस्त राई सर्वसम्मत हुनुभएको संगठन प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिनदिनुभयो
त्यसैगरी  भिमफेदी गाउँपालिका स्तरीय महेन्द्र मावि भिमफेदीमा सम्पन्न अधिवेशनमा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय उपाध्यक्ष कमला तुलाधर को प्रमुख आतिथ्यता रहेको थियो ।

 संगठनका जिल्ला सदस्य कृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संगठन जिल्ला अध्यक्ष   श्रीराम दहाल, उपाध्यक्ष लक्ष्मि गजुरेल,  सचिब पुरूषोतम आचार्य, सहकोषाध्यक्ष चन्द्रादेबि लामा, शिक्षक नेताहरू सचिन लामा, श्रीनारायण महतो, लक्ष्मि काफ्ले, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनि, भिमफेदि गाउँपालिकाकन अध्यक्ष हिदम लामा, उपप्रमुख पार्वती राना लगायतको उपस्थिति रहेको थियो ।
अधिबेशनले संगठनको भिमफेदि गाउँपालिका समिति समेत गठन गरेको छ । समितिको अध्यक्षमा कृष्ण पोखरेल, उपाध्यक्ष संजय गप्ता, आश्मा शर्मा,सचिब नानिराम पुडासैनि लगायत सर्बसम्मत चयन हुनु भएको छ ।
तयसैगरी संगठनका जिल्ला सदस्य रामबहादुर थोकरको अध्यक्षतामा भएको बाग्मति गाउँपालिका अधिवेशनमा शिक्षक महासंघका केन्द्रीय सदस्य रमेशप्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।

 बाग्मति गाउपालिकाकी उपाध्यक्ष धनमायाँ स्याङ्तानको विशेष आतिथ्यता रहेको कार्यक्रममा बाग्मति गाउपालिका अधिवेशन संयोजक एवम् संगठन जिल्ला उपाध्यक्ष किशोर बर्तौला, कोषाध्यक्ष केशव शर्मा, सदस्यहरु रामशरण रिजाल, सन्तोष लामिछाने,यदुदेव सिग्देल, छविलाल विक, शर्मिला बिक, नेकपा एमाले पार्टि प्रतिनिधिहरु बासुदेव रिजाल, नारायण कँडेल, खड्ग पुलामी,जित बहादुर गोले, ज्ञान बहादुर थापा , मनिराज घलान लगायतकाको उपस्थिति रहेको थियो । भेलाले चन्द्र बहादुर थापाको अध्यक्षतामा २३ सदसीय बकैया गाउँपालिका स्तरिय शिक्षक संगठन कमिटि समेत निर्माण गरेको छ । उपाध्यक्षमा उर्मिला लामा र उद्धव प्रसाद गौतम तथा सचिवमा विजय गोले , कोषाध्षक्षमा ओम बहादुर लोप्चन सर्वसम्मत हुनुभएको संयोजक किशोर बर्तौलाले जानकारि दिनुभयो । मकवानपुर जिल्लाका १० गाउँपालिका मध्ये यो सहित ६ वटा पालिकामा पालिकास्तरिय शिक्षक संगठन कमिटि गठन गरिसकिएको संगठन प्रचार बिभाग प्रमुख सुनिल गौतमले बताउनुभयो ।

0 comments

Write Down Your Responses