Powered by Blogger.
आईपिएम कृषक सहकारी संस्था गढि ६ को नवौ वार्षिक साधारणभेला सम्पन्न

मकवानपुर
आई पि एम कृषक सहकारी संस्था लिमेटेड मकवावानपुर  गढि ६ को आज नवौ वार्षिक साधारण भेला सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष बिदुर हुमगाईको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा संस्थाका अध्यक्ष टीका प्रसाद दहाल को अध्यक्षता एवम्, गढि गाउँपालिका वडा नं ५ का अध्यक्ष जीतबहादुर घिमिरे, र मकवानपुर गढी गाउँपालिका कृषि संयोजक चन्द्रकान्त चौधरीको विशेष आतिथ्यता रहेको थियो । संस्थाका सचिव लक्षमण बजगाईले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष टीका दहालले वार्षिक कार्योजना तथा प्रगति विवरण पेश गर्नुभएको थियो भने लेखा समित संयोजक नर बहादुर स्याङ्तानले आर्थिक वर्ष २०७२र०७३ को आय ब्यय बिवरण र  ब्यवस्थापक कृष्ण प्रसाद हुमगाईले आर्थिक वर्ष २०७३र२०७४ को  आयब्यय प्रस्तुत गर्नुभएको थियो । अधिवेशनमा सुनिल गौतमको संयोजकत्वमा रहेको निर्वाचन कमिटिले टिका प्रसाद दहालको अध्यक्षतामा आगामि ३ वर्षका लागि ९ सदस्सीय कमिटि पनि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा बद्री प्रसाद दहाल, सचिवमा नर बहादुर स्याङतान तथा कोषाध्यक्षमा उषा गौतम  सर्वसम्मत हुनुभएको छ ।  लेखासमिति संयोजकमा सरिता तिमल्सेना र सदस्यमा लक्षमण ढुङ्गाना तथा नानीराम दुलाल सर्वसम्मत हुनुभएको हो ।
भेलाकै अवशर पारेर गाउपालिकाको कार्यालय मकवानपुर गढी कृषि विकास शाखा मार्फत आईपिएम सहकारीले आफ्नो नयाँ भवन एवम् कृषक पुस्तकालयको समेत आजै उद्घाटन गरेको छ । पुस्तकालयले ईन्टरनेट सेवा सहित कृषक पुस्तकालय सेवा सञ्चालन गरेको संस्थाका अध्यक्ष टीकाप्रसाद दहालले बताउनुभयो अधिवेशनमा ईश्वरी प्राविका प्र अ एवम् अधिवेशन निर्वाचन संयोजक सुनिल गौतम, शारदा माविका व्यपस्थापन समिति अध्यक्ष बिष्णु दंगाल, शंखेश्वरी वन उपभोक्ता समितिका अध्यक्ष लक्षमण ढुङ्गाना, राष्ट्रिय किसान महासंघ मकवानपुर गढी अध्यक्ष नारायणप्रसाद बञ्जारा, शिक्षक महासंघ मकवानपुर सदस्य अभिमन्यू गौतम,  वडा नं ६ महिला सदस्य रन कुमारी परियार,  चिनिमाया रुम्वा,केशव प्रसाद न्यौपाने, बाम गठवन्धन नेकपा माओवादी प्रतिनिधि कृष्णप्रसाद चौलागाई, समाजसेवी एवम् सल्लाहकार नानीराम तिमल्सेना, अम्बीका दहाल लगायतकाको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses