Powered by Blogger.
मेरो कार्यकाल ऐतिहासिक हुनेछ : केसि

थाहानगर, रेडक्रस प्रतिको झुकावलाई सृजनात्मक कार्य गर्दै यूवा वर्गलाई मावन सेवामा सर्मपित गराउनको लागि आफ्नो पहल हुने नेपाल रेडक्रस सोसाईटि उप–शाखा दामनका नवनिर्वाचित सभापति राजकुमार केसीले बताए ।

मानव सेवाप्रतिको संलग्नता र समाज सेवा प्रतिको चाख ज्यादै देखिरहेको अवस्थामा सदस्यता विस्तार तथा सदस्यहरुको क्षमता विकास गर्ने खालका कार्यक्रम ल्याउने बताए । शनिवार भएको नेपाल रेडक्रस सोसाईटी उप–शाखा दामनको २० औं साधारण सभा एवं छैठौं अधिवेशनमा उहाँका प्रतिद्धन्दी मदुसुदन रायमाझीलाई १९ मतले पछि पार्दै केसि विजयी भएका हुन् । उहाँका प्रतिद्धन्दी रायमाझीले भने २५ मत प्राप्त गरेका थिए । खसेकोे कुल मत ७१ मध्ये २ मत भने बदर भएको थियो ।

लामो समय देखि रेडक्रस अभियानमा त्रियाशील संगै रेडक्रस उप–शाखा दामनको विभिन्न पदमा रहेर काम गरिसकेको अनुभव आफुसँग रहेको बताउदै थाहानगर र मकवानपुरमा रहेको उप–शाखा दामनलाई अब्बल संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

युवा व्यक्तित्व र कुसल नेतृत्व, मिडिया, शिक्षण र सामाजिक संघसंस्थामा कार्यभारको अनुभव गरेका केसि ४ बर्षिय कार्यकालको लागि निर्वाचित भएका हुन् । आफ्नो कार्यकाल भिन्न र ऐतिहासिक हुने बताए ।
उप–शाखा दामनको प्र्रोफाईल तयार गर्ने र संस्थागत क्षमता र नेतृत्व विकास गर्ने, बार्षिक क्ललेण्डर तयार पारि नियमित कार्यक्रम संचालन गर्ने तथा केन्द्र जस्ता योजनाहरु समेत रहेको बताए ।

अग्रजहरुको सम्मान गर्दै सुझाव तथा सरसल्लाह लिँदै जिल्ला र शाखा विच सम्बन्ध विस्तार गर्न आफ्नो पहल हुने समेत बताए । यसै गरि कार्यसमति सदस्यहरुमा ८ जना निर्बिरोध चयन भएका छन । जसमा राजाराम कार्की, राजाराम रायमाझी, कृष्ण कुमार कार्की, सरोज बिष्ट, शिवराम थापा, युवराज बर्तौला, रिता कार्की र कमल कुमार केसी चयन भएका हुन ।

 मानव सेवामा समर्पित निश्वार्थ भावनाबाट प्रेरित भएर सात सिद्धान्तको मूल्य र मान्यतामा रहेर विश्वब्यापी रुपमा क्रियाशिल नेपाल रेडक्रस सोसाईटी २०५० सालको भिषणबाढीको क्षति र बिपद्मा रहेका आम मानिसहरुको पीडामा मलमपट्टि लगाउन नेपाल रेडक्रस सोसाईटी क्रियाशिल हुँदै आएको छ । सोसाईटी राष्ट्रिय अन्तराट्रिय क्षेत्रमा भएका विपद्हरुमा उद्धार, राहत संकलन र वितरणमा समेत प्रत्यक्ष एवं अप्रत्यक्ष ढंगले सरिक भई क्रियाशिल रहदै आइरहेको छ ।

0 comments

Write Down Your Responses