Powered by Blogger.
वडा अध्यक्ष हुनु त गढीको जस्तो....


रुपक कालिराज
मकवानपुर / मकवानपुरको गढि गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टिका प्रसाद दाहालले निर्वाचन सकेको ९ महिना मै ७५ प्रतिशत विकास निमार्णका कार्य सम्पन्न गरेर देखिाएका छन् । नेकपा एमालेबाट गढि गाउँपालिका वडा नम्बर ६ मा विजयी भएका दाहालले जनतासँग गरेका वाचा अनुरुप विकासका कार्य गरिरहेको छन् । उनजनता संग गरेका वाचा गरे अनुसार वडा नम्बर ६ मा ३ वटा योजनालाई पहिलो प्राथामिकताका साथ काम तिव्र गतिमा अगाडी बढाएका छन् ।

वडाको माथिल्लो अर्थात पहाडि भेगमा ‘एक घर,एक धारा’, समधर रहेको भुभागमा ‘एक घर, एक ट्यूवेल’ , ‘एक वस्ती, एक मोटर बाटो’ अभियानलाई पहिलो एजेण्डा लिएर काम गरिरहेका छन । उनले भने, बाटो बनाउनको लागि ३१ लाख वजेट विनियोजित भएको र हाल २४ लाखको बाटो निमार्ण कार्य सकिएको बताए । वाँकी रहेको रकमको पनि बाटो निमार्ण कार्य जारी रहेको बताए । त्यस्तै खानेपानीको लागि ८ लाख रुपैँया वजेट विनियोन गरेकोमा ४ लाखको सम्पन्न भईसकेको बताए । 
ट्यूवेलबाट सिचाईको लागि स्थानियवासी पानी तान्दै
शिक्षा तर्फ १०० प्रतिशत काम सम्पन्न भएको बताए । शिक्षामा ६ लाख विनियोज गरेकोमा ६ लाखको काम सम्पन्न भएको बताए  । आफुलाई लामो समय देखि गाउँमा वडा अध्यक्ष भएर वडालाई राम्ररी न्यालेको भन्दै विकासलाई पहिलो एजेण्डा बनाई कार्य गरिरहेको बताए । कयौँ गाउँपालिकामा यति लामो समय हुँदा समेत २५ प्रतिशत काम समेत गर्न नसहिरहेको भनिरहदा यस वडामा भने ७० देखि ७५ प्रतिशत काम भईसकेको छ ।
हाम्रो लक्ष्य भनेको वजेट प्राप्त गरेको ८ महिना भित्रमै सबै रकम खर्च गर्ने थियो तर सो अनुसार गर्न भने सकेनौँ । तर पनि हामी दुखी छनौँ उने थपे,‘स्थानिय र प्रदेश निर्वाचन आचारसंहिताले गर्दा र प्राविधिक कर्मचारीको अभावले गर्दा केहि समय समस्य भयो । विकासका कामलाई तिव्रगतिमा अगाडि बढाउर्दै गर्दा अबको २ महिना भित्रमा सम्पुर्ण काम सम्पन्न गरेर छाड्ने योजना छ ।’
उनले थपे शिक्षामा व्यवसायिकताको, कृषिमा आधुनिकरण, कृषकहरुलाई उत्पादनशिलता बनाउनको लागि पसु कृषि, वालवालकिा, महिला, र कला र संस्कृतिको संरक्षण गर्न तर्फ चर्च,गुम्बा लगायतमा समेत वजेट विनियोजन गरेको बताए । उनले भने ‘बोल्नु भन्दा काम गरेर देखाउनु उचित हुन्छ, त्यसैले म काम गरेर देखाउछु’ ।
वडा अध्यक्ष टिका प्रसाद दाहाल
विजयी भएर सबै राजनितिक पाटिसंग मिलेर काम गर्न कत्तिको सहजता हुदाँ रैछ भन्ने प्रश्नमा उनले भने म जुनसुकै पार्टिबाट चुनाव लडे पनि म अब सबैको साझा हु । मैले कुनै पनि राजनैतिक दल विशेषलाई प्राथमिकतामा राखी काम गर्ने छैन र गरेको पनि छैन । कहाँ कति वजेट आवश्यक पर्छ सोहि अनुसारको वजेट विनियोजित गरेको छु । यदाकदा एक दुइृ जना त भईहाल्छन नि त्यसमा पनि सबैको चित्च बुझाएर लाने प्रयत्नमा छु । असन्तुष्ट कार्यकर्ता , पक्षपाती नेता भयो भने जनताले मन पराउदैन, नत्र सबैले मन पराउदा रहेछन। मैले व्यक्तिगत खर्च गरेको छैन समाजको हितको लागि खर्च गरिरहदाँ कस्ले औँला उठाने उने भने । समयमै काम भएन भनेर कत्तिको गुनासाहरु आउने गरेका छन भन्ने प्रश्नमा उनी भन्छन्, ‘कोहि कसैले पनि आजसम्मट मैले सेवा समयमै पाईन ,ढिलाई भयो , कर्मचारीले टेरेन भन्ने गुनासो आएको छैन। हामी तपाईहरु काम गर्ने जिम्मेवारी बोकेर आएका हो । हामीलाई आफना समस्या भन्न कुनै अपठ्यारो मान्नु पदैन दाहालले भने ।’
निमार्णधिन न्यायलय चौतारो
वडा अध्यक्ष दाहालले गरेको कार्य देखेर वढि ६ का ७५ वर्षिय ऋषेश्वर सापकोटा (हजुरबा) पनि दंग परेका छन । कयौँ पटक भोट हालेम् , विकासको कुरा गर्थे विजयी भए पनि अनुहार देखिदैन् थ्यो तर अहिले विजयी भए लगातै विकासका कार्य देख्न पाएका छौँ, । त्यस्तै अर्का स्थानीय विजय बजगाईले भने, विकासे प्रेमी वडा अध्यक्ष पाएका छौँ त्यसैमा खुसी छौँ, विरामी पर्दा समेत आफ्नो ज्यानको प्रवाह नगरी विकासका काम गर्न तर्फ लम्किरदा आम जनता उत्साहित भएको बताए । उनले थपे स्थानीय तहमा बजेट खर्च हुन सकेन भनिरहँदा हाम्रो वडामा भने विनियोजित वजेट ७० प्रतिशत काम भई सकेको सुनाए ।
वडा सचिव हरि धितालले आफुलाई पनि काम गर्न सहज वातावरण बन्नेको भन्दै खुसी व्यक्त गरे । जनप्रतिनिधी नहुँदा हामीलाई काम गर्न अप्ठ्यारो थियो । निर्णयार्थ काम गर्ने अवस्था थिएन । अब  सबैखाले समस्याको समाधान भईरहेको छ र हुदैेछ । उनले थपे, वडामा वार्षिक योजनामा पि १, पि २, पि ३ गरि तीन वटा योजना बनाई काम गरिरहेको भईरहेको छ । वडाको २२ योजना मुल्या¨को लागि गाउँपालिका पठाईसकेको बताए । चाँडै नै सबै योजना सक्ने अनुरुप काम भईरहेका बताए ।

0 comments

Write Down Your Responses