ग्यास प्रयोग सम्बन्धमा सुन्दर यूवा संजालको जनचेतनामुलक कार्यक्रम

संजालका अध्यक्ष जिवन छत्कुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा सुन्दर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कलम लामा, मकवानपुर ग्यास विक्रेता संघका अध्यक्ष विनोदमान क्षेष्ट, ऊँ वृद्धा आश्रमका वुद्धिप्रसाद पौडेल लगायतको आथित्यता रहेको थियो । चौकीटोलमा भएको कार्यक्रममा हेटौडा वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आथित्यतामा भएको हो । प्रमुख अथिति न्यौपानेले संजालले गरेको कार्यको प्रशंसा गर्दै यस कार्यक्रम सबै क्षेत्रमा गर्न आवश्यक भएको बताए ।
संजालका अध्यक्ष छत्कुलीले ग्यास प्रयोगका सम्बन्धमा सबैलाई सचेत बनाउन नसक्दा दुर्घटनाहरु बढिरहेको अवस्थामा केहि न्यूनिकरण गर्नको यस कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन । कार्यक्रममा संस्थाका उपाध्यक्ष सन्तोस पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
0 comments
Write Down Your Responses