Powered by Blogger.
थाहामा भूकम्प सम्विन्धि वृत्तचित्र प्रदर्शन

थाहानगर / नेपाल रेडक्रस सोसाईटी उपशाखा दामनकोे आयोजना र थाहा नगरपालिकाको कार्यालय, थाहा कला केन्द्र र लियो क्लब अफ पिस थाहाको समन्वयमा थाहा नगरपालिकाको बिकासघरमा भूकम्प सम्विन्धि वृत्तचित्र प्रदर्शन गरिएको छ ।
२० औै भुकम्प सुरक्षा दिवस २०७४ को अवसरमा मगंलबार उक्त वृत्तचित्र प्रदर्शन गरिएको हो ।
थाहा नगरपालिका का प्रमुख लवशेर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  उप प्रमुख खड्ग गोपाली, नेकपा एमालेका क्षेत्रिय सचिव बिमलकुमार ढकाल, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य लक्ष्मण बिष्ट, समजसेवी अच्युतम प्रसाद ढकाल, पत्रकार कुमार नेगी, नेपाल रेडक्रस सोसाईटी जिल्ला सदस्य हरिकृष्ण कार्की, थाहा कलाकेन्द्रका अध्यक्ष सानोबाबु मुक्तानको आतिथ्यता रहेको थियो ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा दामनका सभपति राजकुमार केसीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लियो क्लव अफ पिस थाहाका अध्यक्ष अनित बिष्टले गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses