Powered by Blogger.
मनहरीका जनजाती तथा दलितहरुलाई न्यानो कपडा वितरण

हेटौंडा, ३  /  माघरनेपाली काँग्रेसका पुराना नेता एवं मकवानपुरका समाजसेवी ईश्वरचन्द्र अग्रवालले बुधबार मनहरी ७ को लामा टोलमा रहेका जनजाती तथा दलित परिवारलाई न्यानो कपडा ९सिरक डस्ना० वितरण गर्नुभएको छ ।
बुधबार एक कार्यक्रममा बीच अग्रवालले जाडोमा कठ्याङिग्रएर रात विताउन बाध्य लामा टोलका १४ घरपरिवारलाई करिब ४० हजार रकम बराबरको सिरक डस्ना वितरण गर्नुभएको हो । नेपाली काँग्रेसका ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तानको सभाध्यक्षतामा भएको सिरक डस्ना वितरण कार्यक्रममा अथितिहरु नेपाली काँग्रेसका हेटौंडा नगर सभापति आनन्दराम पराजुली, राप्रपाका नेता एवं उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्रका अध्यक्ष गोविन्द रिजाल, काँग्रेस ४ नम्बरका क्षेत्रीय उपसभापति नुरोज पौडेल, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सहकोषाध्यक्ष राधिका सामरी पाण्डे, नेपाल प्रेस युनियन मकवानपुर सहसचिव एवं नेपाली काँग्रेस मकवानपुरका सूचना तथा संचार प्रमूख सुजन विडारी, स्थानीय नेताहरु शिवशंकर स्याङतान, तुलाबहादुर स्याङतानलगायतको उपस्थिति रहेको थियो । समाजसेवी अग्रवालले यसअघिपनि समय÷समयमा गरिव, विपन्न तथा असहायहरुलाई सहयोग गर्दै आउनुभएको छ ।

0 comments

Write Down Your Responses