Powered by Blogger.
सशस्त्रको ककनी क्याम्पमा एफपियु रिफ्रेशर तालिम सुरु


ककनी । सशस्त्र प्रहरी बल नेपाल शान्ति स्थापनार्थ तालिम केन्द्रमा  नुवाकोट ककनीमा एफपियु रिफ्रेशर तालिम संचालन भएको छ । उक्त तालिमको फागुण ८ गते सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्ण भक्त ब्रम्हचार्यले उद्घाटन गर्नुभयो । 

सो अवसरमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ब्रम्हचार्यले संगठनले दिएको जिम्मेवारी र दायित्वलाई अन्तराष्ट्रिय क्षेत्रमा उच्च प्रतिष्ठाका साथ स्थापित गराउन सफल भएको उल्लेख गर्नु भयो ।  

उहाँले संगठनले दिएको अवसर तथा अन्तराष्ट्रिय क्षेत्रमा पाएको अनुभवबाट सिकेका अनुकरणीय र असल कुराहरुको उपयोग हाम्रो समाज र संगठनको हित र उन्नतीमा लगाउनु पर्ने बताउनुभयो । 

मिशनमा रहँदाको समयमा समस्त देश र संगठन भित्र भए गरेका प्रगती, उन्नती, घटना, परिघटना साथै नयाँ रणनीति एंवम परिवर्तनहरुको बारेमा जानकारी लिई आफ्नो कार्यक्षेत्रमा गएमा काम गर्न सजिलो हुने विश्वास व्यक्त गर्नु भयो । 

सशस्त्र प्रहरी बल नेपालको समसामयिक विषयवस्तुहरु तथा अन्य ऐन एवं नियमहरुको बारेमा पाठ्यक्रमको विषयवस्तुमा समेटिएको हुँदा प्रशिक्षार्थीहरुले तालिमको महत्वलाई बुझेर बढीभन्दा बढी जिज्ञासु एवं अग्रसर भएर सिक्ने कोसिस गर्नुपर्ने उल्लेख गर्नुभयो । 

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ब्रम्हचार्यले संगठनले आर्जन गरेको छवि र साखलाई कायम राख्न तथा राज्यले सुम्पेको जिम्मेबारी बहन गर्न कार्यक्षेत्रमा हरदम खट्नु पर्ने भएकोले  बर्तमान परिवेशमा अझै चुनौतीपूर्ण र गहन जिम्मेबारी बढेको महसुस गर्नु हुँदै बढेको जिम्मेबारीलाई कुशलतापूर्वक सम्पन्न गर्नको लागि रुचि बढाई प्रशिक्षण कार्यमा सहभागी हुनु पर्ने कुरामा जोड दिनु भयो । 

कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्यले धन्यवाद मन्तव्य व्यक्त गर्नु हुदै तालिम अवधिभरमा आफूलाई व्यक्तिगत स्वार्थ भन्दा माथि उठाई तालिममा दत्तचित्त भई लागिरहन एवं उच्च स्तरको अनुशासन तथा लगनशिलता प्रर्दशनले संगठनको उचाई बढाउन थप सहयोग पु¥याउने कुरा उल्लेख गर्नु भयो ।

कार्यक्रममा तालिमका प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक प्रदिप राईले तालिम सम्बन्धी कार्य योजना प्रस्तुत गर्नुहुँदै व्यावसायीक जीवनमा सफलता प्राप्त गर्न यस्ता तालिमले सहयोग पुरयाउने बताउनुभयो । 

आगामी फागुन २३ गते सम्म संचालन हुने सो तालिममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हरिश्चन्द्र अधिकारी सहित १७१ जना सशस्त्र प्रहरी कर्मचारीहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।




0 comments

Write Down Your Responses