Powered by Blogger.
हेटौंडाको जन दबाब समुह, जन सरोकार केन्द्रमा रुपान्तरण


हेटौंडा । जन दबाब समुह मकवानपुरको आयोजनमा समसामयीक बिषयमा छलफल एबं जन दबाब समुह मकवानपुरको कमिटि पुर्णता प्रदान गर्ने सम्बन्धमा एक भेला सम्पन्न भएको छ ।

नेकपा एमाले मकवानपुरको अध्यक्ष एबं प्रदेश सभा सांसद मुनु सिग्देल , माओबादी केन्द्रका कमानसिंह पाख्रिन पृथक, नेपाली काग्रेस मकवानपुरका प्रबक्ता प्रदिप कोईराला, राप्रपाको कोषध्यक्ष सुन्दर शाही, राप्रपा प्रजातान्त्रिकका बद्री अधिकारी, नारायणी यातायात व्यवसायी संघका महासचिब सरोजकुमार खनाल, उद्योग संघका सचिब बासु कार्की, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधब न्यौपाने, प्रबक्ता काव्यमणी अधिकारी लगायत मकवानपुरमा रहेका संघ संथाहरु र क्षेत्रका प्रतिनिधिहरु समेतको  उपस्थिति रहेको भेलाले ३ न.प्रदेश राजधानी र मकवानपुरमा रहेका समसामयीक समस्याहरुको बारेमा छलफल गरिएको थियो ।

२०७४ माघ १४ गतेको भेलाले जनदबाब समुह मकवानपुरको संयोजकमा ध्रुबप्रसाद चौलागाईलाई तोकी सबै पक्ष संग सरसल्लाह गरि कमिटीलाई पुर्णता दिने भन्ने निर्णय बमोजिम बुधबार भएको भेलाले  धु्रबप्रसाद चौलागाईको संयोजकत्वमा सदस्यहरु गोपीलाल बिक, ललितकुमार घलान, प्रदिप कोईराला, बालकृष्ण चौलागाई , माधब न्यौपाने, तुलसी रिजाल, सरोज खनाल, शान्ता बराल,  बिबेक राई, पुष्कबहादुर थापा , उज्वल चौलागाई,  मदन दहाल , अमृत कुमार लामा,  भानुभक्त, आचार्य,  कृष्ण सारु, यादब गजुरेल, बासु खतिवडा,  इन्दिरा न्यौपाने,  प्रमिला केसी, कृष्णप्रसाद न्यौपाने, अप्सरा बस्नेत, काव्यमणी अधिकारी, सन्तोष चौलागाई, सविन न्यौपाने, रुपेश दुलाल, नानीमैया बिष्ट, बालकृष्ण अधिकारी, सुधिर थापा, सुदिप सिवाकोटी, मणीराज गौतम, उदय चौलागाई, बिशालराज महत, बद्रि अधिकारी, रबिन्द्र गौतम, बिनोद रिजाल, बासु कार्की, राम कुमार अधिकारी, धर्मराज पुडासैनी, ईन्दिरा न्यौपाने डल्लाकोटी, गोपी न्यौपाने, तिर्थ थापा, लिलाकुमार घलान समेत रहने गरि कमिटि निर्माण गरेको छ ।

 उक्त भेलाले मकवानपुर जिल्लामा रहेका प्रमुख राजनैतिक पार्टीका प्रमुखहरु, मकवानपुर जिल्लाबाट सबै क्षेत्रमा बन्नु भएका सांसदहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख, हेटौडा उपमहानगर पालिकाका प्रमुख र मकवानपुरका अग्रणी संघसंस्थाहरु सल्लाहाकार रहने समेत निर्णय गरेको छ ।

उक्त भेलाले जन दबाब समुह नामले मानिसमा प्रतिरोधात्मक र कठोर भए जस्तो भान परेकोले आजैका मिति देखि जन दबाब समुहका नाममा भए गरेका सम्पुर्ण उपलब्धी एबं कामहरुको जिम्मा लिई  जन दबाब समुह मकवानपुरको नाम बदलेर जन सरोकार केन्द्र मकवानपुर बनाउने र अब उप्रान्त बुधबार बनेको कमिटिले जन सरोकार केन्द्र मकवानपुरको नामबाट सम्पुर्ण कार्य गर्ने निर्णय समेत गरेको संयोजक ध्रुब प्रसाद चौलागाईले जानकारी दिनुभयो । 

0 comments

Write Down Your Responses