Powered by Blogger.
द्धन्द पिडितको अविभावक बन्दै श्री अनाश्रीत बालवालिका उत्थान केन्द्र


काठमाडौं । राजधानीको डल्लु स्थित श्री अनाश्रीत बालवालिका उत्थान केन्द्रले द्धन्दपिडित असाहय बालबालिका विभिन्न जिल्लाहरुबाट ल्याएर संरक्षण गरिरहेको छ । 

संस्थाका अध्यक्ष कृष्ण शिवाकोटीको पहलमा त्यस्ता बालबालिकाहरु ल्याएर एउटै परिवारमा राखेर संरक्षण गरिएको हो । चार वर्ष अघि स्थापित सो संस्था  पहिलेभन्दा अहिले चलाउन गाह्रो भएको तर बालवालिकाको भविश्य अन्यौलमा रहेकाले आफुले जसरी पनि चलाउनै परेको उनले बताए । 

सुरुमा आफैं माओवादी जनसेनाको लडाकु रहेका शिवाकोटीले शान्ति प्रक्रियापछि दुर्गम स्थानका द्धन्द पिडित र असाहय केही वालवालिका आफ्नो केन्द्रमा ल्याए । पछि विभिन्न ठाँउबाट त्यस्ता बालवालिका ल्याउने क्रम चलेपछि  अहिले सो केन्द्रमा १५ जना र होस्टेलमा छ जना गरी २१ जना बालवालिकाको जिम्मा उनले लिएका छन् । 

ति सबैजना विभिन्न विद्यालयमा राम्ररी पढिरहेका छन् । आफु, श्रीमती र  दुई छोराछोरी मिलेर उनीहरुले वालवालिकाको रेखदेख गर्नुका साथै पढाउने काम पनि गर्छन् । त्यसैले सो केन्द्र र शिवाकोटी परिवार नै अहिले सबै वालवालिकाको अविभावक बनेका छन् । ति बालवालिकाले पनि अध्यक्ष शिवाकोटीलाई बा र उनकी श्रीमतीलाई आमा भनेर सम्वोधन गर्छन् । 



कोही सुभचिन्तकहरुले कहिलेकाँही दिएका चामल, चाउचाउ लगायतका केही सामग्री बाहेक अन्य केही आम्दानी संस्थाको नभएको अध्यक्ष शिवाकोटीको गुनासो छ । त्यसैले शिवाकोटी जस्तो फराकिलो छाति भएका समाजसेवीलाई होस्टेमा हैसे गरी सबैले साथ दिनुपर्ने आवश्यकता खट्किएको छ ।

दातालाई सम्मान

यसैबीच संस्थालाई आर्थिक सहायता दिने केही व्यक्तिहरुलाई सम्मान गरिएको छ । शनिवार केन्द्रमै आयोजित संक्षिप्त कार्यक्रममा पुर्व राज्यमन्त्री तथा सांसद कमला रोक्काले समाजसेवीहरुलाई सम्मान गरेकी हुन् ।

 सम्मानीत हुनेहरुमा बटुक भैरव सहकारी संस्थाका अध्यक्षकर्णबहादुर विश्वकर्माका साथै समाजसेवी तथा युवा व्यवसायी रविन सेवा र श्यामकुमार नेपाली हुन् । 

कार्यक्रममा नेपाल सरकारका सहसचिव बेदबहादुर कार्कि, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारी, सचिव मोहन पन्त लगायतको उपस्थिति थियो ।





0 comments

Write Down Your Responses