इन्द्रसरोवर गाँउपालिकालाई नमुना गाँउपालिका बनाउने गरी जुटेका छौं
जीवन लामा, अध्यक्ष, इन्द्रसरोबर गाँउपालिका, मकवानपुर
|
गाँउ पालिकाको अध्यक्ष भएको पनि करिव एक वर्ष पुग्न लाग्यो, यो अवधिमा के के काम गर्नुभयो ?
हामी निर्वाचित भइसकेपछि सबैभन्दा पहिले तत्कालै वार्षिक बजेट ल्याउनुपर्ने अवस्था आयो । त्यसैले गाँउपालिका अन्तर्गतका हरेक टोल–टोलमा टोल भेला गरीकन योजनाहरु संकलन गरी हामीले गाँउपालिकाको वार्षिक नीति तथा कार्यक्रम तय ग¥यौं ।
त्यसलाई गाँउपालिकाको सभाबाट पारित ग¥यौं । अहिले ति सबै पारित योजनाहरु कार्यान्वयनको चरणमा छन् । हामी एउटा गतिका साथ आम जनतालाई विकासमा सहभागिता गराएर अघि बढ्दैछौं । र, यो गाँउपालिकालाई नमुना गाँउपालिकाका रुपमा स्थापित गर्नेगरी काममा जुटेका छौं ।
कार्ययोजना निर्माण गरीसकेपछि विकासलाई गति दिने क्रममा गाँउपालिकामा के–के काम भएका छन् ?
वार्षिक नीति तथा कार्यक्रम र योजना पारित गरिसकेपछि हामीले पारित नीति अनुरुप गाँउको पुर्वाधार विकास, समाजका लक्षित वर्गको विकास र स्तरोन्नती लगायतका कुराहरुलाई ध्यान दिएका छौं । पहिलो वर्ष भएकाले हामीले विकास निर्माण र भौतिक पुर्वाधारलाई विशेष जोड दिएका छौं । र नयाँ सोचहरु विस्तारै परिपुर्ती गर्नेतिर पायला चाल्छौं ।
संभाव्यता अध्ययन गरेर गाँउपालिकाको दिर्घकालिन विकास रणनीति तय गर्नुभएको छ की छैन, छ भने के मा जोड दिनुभएको छ ?
हामीले मुख्यतः इन्द्रसरोबर गाँउपालिका पर्यटनको प्रचुर संभावना बोकेको गाँउपालिका भएकाले पर्यटनको विकासमा नै सबैभन्दा बढी बजेट विनियोजन गरेका छौं । त्यसपछि पुर्वाधार विकासमा पनि जोड दिइएको छ ।
त्यसबाहेक हामीले गाँउपालिका भित्रका योजनाहरु के के गर्न सकिन्छ, समस्या के हो भन्ने खालका प्रोफाइल पनि बनाउँदैछौं । हिजोको गाविसहरुको तथ्याङ अनुसार हामीले प्रोफाइल त बनायौं तर त्यसलाई नयाँ तथ्याङ अद्यावधिक गरेर नयाँ रुपरेखा तयार गर्नुपर्छ ।
त्यसैको आधारमा वृहत र दिर्घकालिन रणनीति अघि सार्नुपर्छ । हामी त्यसकै तयारीमा छौं । आगामी वर्षको बजेट भने हामीले डाटा कलेक्सन गरेर, त्यहाँका योजनाहरुको पहिचान गरेर मात्र बनाउँछौं ।
सो गाँउपालिका काठमाडौंबाट नजिकै भएर पनि अलि ओझेलमा परेको जस्तो देखिन्छ, त्यसको स्वरुप फेर्नलाई कस्तो पहलकदमी लिँदै हुनुहुन्छ ?
हामीसंग नेपालकै सबैभन्दा ठुलो मानवनिर्मित ताल इन्द्रसरोबर छ । यो कुलेखानी जलविद्युत आयोजनाको पनि प्रमुख स्रोत हो । यति ठुलो आयोजना यँही भएपनि केही हाम्रा बस्ति अझै वत्तिमुनीको अँध्यारो जस्तो छन् ।
विद्युतीकरण सबैतिर पु¥याउनु छ । त्यतिमात्र होइन, सडक, शिक्षा, सञ्चार लगायत सबै क्षेत्रको विकास नभई गाँउको विकास हुन्न । लगभग गाँउपालिका भरीमा प्रत्येक टोलमा सडक पुगिसकेको छ । पर्यटनको प्रचुर संभावना भएकाले कुलेखानी ताललाई विशेष फोकस गरेर पर्यटन गुरुयोजना पनि निर्माण भइरहेको छ ।
हेदैं जानुस् केही वर्षभित्र हाम्रो गाँउपालिकाको स्वरुप फेरिनेछ । राजधानी काठमाडौंबाट धेरै नजिक भएर पनि यो ठाँउ हिजोका दिनमा ओझेल परेकै हो । हामीसंग भएका साधन स्रोतको पहिचान गरी आफ्नो गाँउ आफैं बनाउने नीति अन्तर्गत हामी अघि बढेका छौं । ७० वर्ष माथिका बृद्धहरुको स्वास्थ्य परिक्षण सहित न्यानो कपडा वितरण लगायतका कार्यक्रम गाँउपालिकाले गरिरहेको छ ।
वृद्ध वुद्धा र जेष्ठ नागरिकलाई समाजमा सम्मानजनक जीवनयापन गराउनु र उनीहरुको सामाजिक सुरक्षामा ध्यान दिइ लोककल्याणकारी स्थानीय राज्य स्थापना गर्नु हाम्रो कर्तव्य हो । हामी त्यसमा लागिरहेका छौं । यि सबै क्रियाकलापले अब यो स्थान नमुनायोग्य ठाँउ बन्छ । हाम्रो अभियान नै त्यही छ ।
वृद्ध वुद्धा र जेष्ठ नागरिकलाई समाजमा सम्मानजनक जीवनयापन गराउनु र उनीहरुको सामाजिक सुरक्षामा ध्यान दिइ लोककल्याणकारी स्थानीय राज्य स्थापना गर्नु हाम्रो कर्तव्य हो । हामी त्यसमा लागिरहेका छौं । यि सबै क्रियाकलापले अब यो स्थान नमुनायोग्य ठाँउ बन्छ । हाम्रो अभियान नै त्यही छ ।
हामीसंग भएका साधन स्रोतको पहिचान गरी आफ्नो गाँउ आफैं बनाउने नीति अन्तर्गत अब यो स्थान नमुनायोग्य ठाँउ बन्छ । हाम्रो अभियान नै त्यही छ ।
मकवानपुर पनि २ वर्ष अघिको ठुलो भूकम्पबाट प्रताडित जिल्ला हो, तपाँइको गाँउपालिकामा भूकम्प पिडितले घर बनाउने तथा अन्य राहत पाएको अवस्था के कसो छ ?
भूकम्प पिडितलाई लाभग्राही सुचिमा सुचिकृत गर्ने काम पनि हामी आउनुभन्दा अघि कर्मचारीको भरमा एकदम सुस्त गतिमा भइरहेको थियो । हामी निर्वाचित भएर आएपछि एक खालको संरचना बन्यो ।
कामले गति लिएको छ । हामीले सुरुदेखि नै लाभग्राहीहरुलाई सम्झौता गराउन उत्प्रेरीत पार्ने, सम्झौता गराउने, उनीहरुको काममा जनप्रतिनिधीको हैसियतमा सहजीकरण गरिदिने काम गरिरहेका छौं । पिडितहरुले धेरै घरहरु समेत बनाइसकेका छन् ।
गाँउपालिकाको आफ्नै खालका आयस्रोत पहिचान गर्नुभएको छ की छैन ?
हामीले यसबारे गम्भिर ढंगले सोचिरहेका छौं । केन्द्रबाट विनियोजित रकमले मात्र विकास संभव हुन्न । सानो भन्दा सानो समस्यामा पनि राज्यको मुख ताक्ने प्रवृति हामीमा छ । त्यसैले हामी स्थानीय स्रोत पहिचान गरी गाँउपालिकाको आयस्रोत बढाउनेतिर केन्द्रीत भएका छौं । इन्द्रसरोबर ताल हामीसंग छ ।
त्यसैले त्यो तालबाट विद्युत रोयल्टी आँउछ । प्रमुख आम्दानी त्यही हो । त्यसबाहेक यस आसपास आन्तरिक तथा वाह्य पर्यटक भित्र्याएर पर्यटन शुल्क लिन्छौ. । त्यो हाम्रो अर्को आयस्रोत हो ।
यसबाहेक यहाँ रहेका होटेल व्यवसायहरुबाट पनि केही कर तथा शुल्कहरु लिएर हामीले स्रोत बढाउनेतिर ध्यान दिइरहेका छौं ।
वार्षिक बजेट अहिले कस्तो आकारको छ ?
यो वर्ष त १९ करोड ५० लाखको बजेट हो । आगामी वर्षमा आन्तरिक स्रोतलाई अझ वृद्धि गराउँदै बढाउने योजना छ ।
आफु पनि युवा हुनुहुन्छ, गाँउपालिकाले युवा लक्षित कार्यक्रमहरु के के ल्याएको छ ?
युवाहरु गाँउ नबस्ने आम समस्या अन्यत्र जस्तै यहाँ पनि छ । गाँउ नबस्ने र शहर जाने, अझ त्यहाबाट पनि केही रकम कमाउन सकिन्छ भनेर विदेश जाने र रोजगारी गर्ने प्रचलन छ ।
हामी यसलाई निरुत्साहीत गर्न चाहिरहेका छौ. । तर यो रातारात जादुमय तरिकाले गर्न नसकिने रहेछ । अब हिजो जे जस्तो भएपनि आगामी दिनमा आम युवाहरुलाई यही गाँउपालिका भित्रै स्वरोजगार सिर्जना गर्ने, उत्पादनमा जोड दिने अभियानमा छौं ।
त्यसका लागि कृषि र पर्यटनमा उनीहरुको आकर्षण बढाउने कार्यक्रम ल्याउने छौं । साना उद्योगहरु विकास गरेर उनीहरुलाई स्वआर्जनमा केन्द्रीत गराउने सोच छ । यसो गर्न सकिएमा आर्थिक समृद्धिमा समेत टेवा पुग्छ ।
पर्यटनको संभाव्यता भएपनि बाहिरबाट आउने पर्यटकहरुलाई पर्याप्त मात्रामा होटेल, लज र होमस्टेहरु नभएको गुनासो छ , यतातर्फ के सोच्नुभएको छ ?
वास्तवमै पर्याप्त र खोजेजस्तो सुविधासम्पन्न होटेल लजहरु चाँही नभएकै हो । तैपनि हिजोका दिनमा भन्दा अहिले इन्द्रसरोवरको पेरिफेरीमा होटेल, लज र होमस्टेहरु बनाउने क्रममा अब तिव्रता आइरहेको छ । गाँउपालिकाले बजेट नै छुट्याएर होमस्टेसंगै यहाँको पर्यटन, संस्कृति, सम्पदा संरक्षण गर्ने कामको अगुवाई गर्नेछ । छिट्टै यसका लागि तालिमहरु पनि सुरु गर्दैछौं ।
फाखेल भन्ने जुन स्थान छ तपाँइकै गाँउपालिकामा पर्ने, त्यो नेपाली कम्युनिष्ट आन्दोलसंग भुमिगत कालमा अन्यौन्याश्रित सम्वन्ध जोडिएको स्थान हो, त्यसलाई प्रवद्र्धन गरेर पर्यटक भित्र्याउनेबारे केही सोच छ की छैन ?
निश्चय नै फाखेल नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक महत्वको स्थान हो । हामीले यो स्थानको चर्चा पर्याप्त ढंगले गर्न सकिरहेका छैनौ. । नेपाली कम्युनिष्ट आन्दोलनमा झापालीहरुले नख्खु जेल ब्रेक गरिसकेपछि फाखेलको ओढारमा, व्यक्तिका घरमा महिनौं सेल्टर बसेर आन्दोलन जोगाएको ठाँउ हो ।
२०३३ सालमा नख्खु जेलबाट सुरुङखनेर पाटी महासचिव सिपी मैनाली, वीरबहादुर लामा लगायत १५ जना कम्युनिष्ट नेताहरु यहाँ आउने बेलामा फाखेलका जनताले संरक्षण नगरेको भए शायदै यो देशको कम्युनिष्ट आन्दोलन यहाँ सम्म नै आइ पुग्दैनथ्यो की ?
हिजोका दिनमा कम्युनिष्टलाई सहयोग गरेकै आरोपमा यो देशका राज्यसत्ताले एउटा कालखण्डभरी यो भेगलाई ओझेलमा पा¥यो ।
तसर्थ हामी हिजोका ति व्यत्तित्व र ति ओढारहरु, पार्टीको केन्द्रीय कमिटी बैठक बसेका घरहरुलाई संरक्षण गरेर स्मारकका रुपमा विकास गर्दै, मान्छेहरु टिकट काटेर मात्र हेर्न जान सक्ने अवस्थामा पु¥याउने हाम्रो योजना छ । यसका लागि यो पटकबाटै केही रकम विनियोजन समेत गरिएको छ ।
यही फागुन १८ र १९ गते तपाँइको गाँउपालिकामा वृहत काव्य उत्सव हुँदैछ, यसको बारेमा केही प्रष्ट पारिदिनुहुन्छ की ?
हामीसंग भएका कुरा प्रचार गर्न नसकेकै हो भन्ने ठानेर हामीले देशैभरीका र्चिर्चत मध्येका सबैलाइ नसकेपनि केही साहित्यकारहरु इन्द्रसरोवरमा भेला गर्दैछौं । हामीले त्यहाँ स्रष्टाहरुलाई डुङ्गामाथी बसेर शान्त अनुभुतिमा कविता लेख्न मौका दिएर त्यँही वाचन गरेर उन्मुक्त भएर यस स्थानको चिनारी देशव्यापाी मात्र नभइ संसारको जुनसुकै कुनामा पनि फैलाउन टेवा पुगोस् भनेर यो कार्यक्रम आयोजना गरेका हौं ।
सर्वनाम नामका संस्थालाई सहजिकरणको जिम्मा दिइएको छ । गाँउपालिकाका तर्फबाट यो कार्यक्रममा सहयोग गरिएको छ । दुइ दिनसम्म चल्ने यो कार्यक्रम सफल पार्न म सबैलाई आ आफ्नो स्थानबाट भुमिका निर्वाह गरिदिनुहुन आग्रह गर्दछु ।
विशेषगरी मिडीयाका यहाँहरु जस्ता साथीहरुलाई हार्दिक आमन्त्रण गर्दै यसको सकारात्मक प्रचार गरी ओझेलमा परेको हाम्रो स्थानलाई सबैतिर चिनाएर नमुना गाँउपालिका बनाउने लक्ष्यमा साथ दिन मेरो सबैमा आग्रह छ ।
0 comments
Write Down Your Responses