Powered by Blogger.
लघुकथा - "मानव बनौं"

Image result for मानव
मानवबनौं
मोटरसाइकलमा हुँइकिँदै गरेको रामबहादुरले अगाडि बाटो काट्न लागेका तर नसकेका वृद्धलाई देख्यो । त्यो देखेर रामबहादुरको मन छोयो । ऊ आफ्नो मोटरसाइकलबाट ओर्लेर वृद्ध भएको ठाउँमा गयो र वृद्धलाई बाटो कटाईदियो । बाटो कटाएर ऊ मोटरसाइकल भएको ठाउँमा आयो । त्यहाँ आउँदा मोटरसाइकल नजिकै ट्राफिक प्रहरी बसेको देख्यो । गलत ठाउँमा पार्किङ गरेको आरोपमा ट्राफिक प्रहरीले रामबहादुरको हातमा रू. १००० को चिट थमायो । यसो हुँदा पनि रामबहादुर विचलित भएन । उसले मन मनै सोच्यो, "मानव बन्नको लागि पैसा खर्च गर्नुपर्छ भने रू. १००० त के, मसँग भएको सबै थोक खर्च गर्न तयार छु ।"
Jagadish Pokharel

0 comments

Write Down Your Responses