Powered by Blogger.
देउखेलमा दुर्घटना, चालक खत्री घाइते


पालुङ । मकवानपुरको थाहा नगरपालिका ७ स्थित देउखेलमा बस दुर्घटना भएको छ ।

थाहा नगरपालिकाको आग्रा चल्ती,देउखेल,चिसापानी,पालुङ हुँदै हेटौंडा चल्ने ना ५ ख १०५३ नम्बर को बस बुधवार राती थाहा नगर वडा नम्बर ७ स्थित देउखेल मा दुर्घटना भएको हो ।

 बस हेटौंडाबाट देउखेल फर्केर यात्रुलाई सकुसल गन्तव्यमा छोडेर सधै झै पार्किङ गर्ने क्रममा दुर्घटनामा परेको हो ।

ब्रेक लगाउने क्रममा ब्रेक नलागेको र पछाडी बस ब्याक भएको जनाइएको छ ।

उक्त बस दुर्घटना स्थलबाट लगभग ४० मिटर तल खसेको छ।

दुर्घटनामा परि घाइते भएका बसका चालक सुरेस खत्रीको काठमाडौं स्थित सहिद मेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।

अहिले घाइते को अबस्थामा सुधार आएको जनाइएको छ । घाईतेको गोडा र हातमा चोट लागेको स्थानीय सम्भु खत्रीले जानकारी दिए ।

0 comments

Write Down Your Responses