Powered by Blogger.
विद्यार्थीहरुले बुझाए प्रधानमन्त्री देउवालाई एक रुपैंया


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यकोषको दुरुपयोग गरेको भन्दै अनेरास्ववियु र अखिल क्रान्तिकारी  त्रिबिले सयुक्त रूपमा बिरोध जनाएका छन् । 

बिद्यार्थीहरुले बिश्वबिद्यालय क्याम्पसमा प्रति विद्यार्थी रु. १ संकलन गरि सांकेतिक बिरोध स्वरुप काठमाडौं  प्रमुख जिल अधिकारी मार्फत मार्फत प्रधानमन्त्री देउवालाई  बुझाएका हुन् ।
  
कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य भुषण सुवेदी,  अखिल क्रान्तिकारीका केन्द्रिय सचिव राजकुमार राई क्रान्तिकारी त्रि.बि संयोजक जगदीश देबकोटा,  अनेरास्ववियुका त्रिविका नेता सञ्जय कार्की  लगायतको सहभागिता रहेकोे थियोे । 

जन जिविका,  शैक्षिक आन्दोलन र राष्ट्रियताको पक्षमा निरन्तर सडकमा रहि रहने  अनेरास्ववियु त्रिबि कमिटीका अध्यक्ष मदन बिष्टले जानकारी गराए । सोमबार भएको कार्यक्रममा विद्यार्थीहरुको व्यापक सहभागिता थियो । 



0 comments

Write Down Your Responses