Powered by Blogger.
श्रमको अवमूल्यन गर्ने सञ्चारगृहलाई बन्द गर्ने चेतावनी


काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघका प्रतिष्ठान शाखाहरुमा विद्यमान समस्याहरुको बारेमा छलफल भएको छ । महासंघको केन्द्रीय कार्यालयमा मंगलबार प्रतिष्ठान शाखाहरुको भेला सम्पन्न भएको हो । 

सञ्चारग्रामस्थित महासंघको सभाहलमा सम्पन्न कार्यक्रममा बोल्दै महासंघका कार्यबाहक अध्यक्ष दिलिप थापा मगरले पत्रकारको हक हितका निम्ति लड्न महासंघ प्रतिवद्ध रहे अनुसार त्यसलाई कार्यान्वयनमा लैजान आफुहरु सधै तयार रहेको बताउनु भयो । उहाँले पत्रकारको हक हितका लागि आन्दोलनको आँट गर्न प्रतिष्ठान शाखालाई आग्रह गर्दै त्यसलाई सफल पार्न महासंघ तयार रहेको बताउनु भयो ।

महासंघका महासचिव रमेश विष्टले प्रतिष्ठान शाखाहरुमा पत्रकार र सम्पादकको सम्बन्ध, सम्पादकीय स्वतन्त्रता, लैङ्गिक समानातको अवस्थाका बारेमा बुझेर श्रमजीवी पत्रकारका हितमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले पत्रकारलाई दुव्र्यवहार गर्ने, श्रमको अवमूल्यन गर्ने सञ्चारगृहलाई बन्द गर्ने चेतावनी समेत दिनु भयो ।

महासंघका सचिव रामप्रसाद दाहालले आफ्नो हक हितका निम्ति आन्दोलन गर्दा जागिर नजाने भन्दै विगतमा राजधानी दैनिक, कान्तिपुर दैनिक, स्पेसटाइम, एचबिसि एफएम लगायतका सञ्चारमाध्यमका पत्रकारको रोजगारी पुनर्बाहाली भएको नजिर रहेको बताउनु भयो ।

महासंघका केन्द्रीय सदस्य यम विरहीले पत्रकारको हक हितका निम्ति सञ्चालकहरुसंग महासंघ बार्ता गर्ने, त्यसबाट समाधान नभए आदालत हुँदै आन्दोलन गर्न समेत महासंघ तयार रहेको बताउनु भयो भने अर्का केन्द्रीय सदस्य नकुल अर्यालले महासंघ पत्रकारहरुका निम्ति भएको हुँदा पत्रकारका मुद्दामा दृढतापूर्वक लाग्ने बताउनु भयो । 

कार्यक्रममा उपस्थित सहभागीहरुले व्यवस्थापन र पत्रकार बीचमा राम्रो समन्वय नभएको र पत्रकारलाई व्यवस्थापनले जहिले पनि अवमूल्यन गर्ने गरेको गुनासो राख्नुका साथै जिल्ला संवाददाताहरुलाई समाचारका आधारमा पारिश्रमिक दिने गरेकाले जिल्लाबाट समाचार पठाउने पत्रकारले न्यूनतम पारिश्रमिकबाट बञ्चित हुन परेको जानकारी दिनु भयो ।

कार्यक्रममा महिला सहभागिहरुले आफुहरुमाथि व्यवस्थापन तथा सहकर्मीहरुबाटै दुव्र्यवहार गर्ने तथा होच्याउने गरेको जानकारी गराउनु भयो ।



0 comments

Write Down Your Responses