Powered by Blogger.
परिषदको अभियानमा प्रसाँइको साथ


काठमाडौं । राष्ट्रवादी विकासशील परिषद् नेपाल–भारतले प्रवासी नेपालीहरुलाई परिषद्को झण्डामुनी गोलबद्ध हुन आग्रह गरेको छ । 

राष्ट्रलाई सर्वोपरी राखेर राजनीति गर्ने रहर नहुँदा नहुँदै पनि भविष्यमा पार्टी वा दल बनाएर राष्ट्रलाई भ्रष्टाचार र आतंककारीको चंगुलबाट मुक्त गराउने उद्देश्यका साथ अघि बढिरहेको परिषद्का प्रवक्ता नविन साउदले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

भोलिका दिन अभियानले समाजमा लोकप्रियता कमाएर  लाखौं जनता मार्फत विशाल संगठन खडा गर्ने अभियान सञ्चालन गरिएको परिषद्द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । परिषद्ले सम्पूर्ण संघसंस्थाका अभियन्ताहरु राष्ट्रवादी विकासशील अभियानको व्यानरमा आउन अपिल गर्दै आफूहरुलाई मार्गदर्शन गर्न आग्रह पनि गरेको छ ।

नेपालका नेताहरु भ्रष्टाचारमा लिप्त हुँदा विकास निर्माण र आर्थिक समृद्धिमा पछाडि परेको, जनता अभाव र गरिवीबाट ग्रस्त भएको, स्रोत भएर पनि अभाव खेप्नु परेको भन्दै सम्पूर्ण प्रवासी संघसंस्था, संगठन एवं व्यक्तिहरु एकजुट भएर अघि बढ्दै राष्ट्रका लागि एक नेपाली झण्डामुनि गोलबद्ध हुन आव्हान गर्नु स्वागतयोग्य भएको नेपालका विभिन्न २१ दलीय मोर्चाका संयोजक विष्णुकुमार प्रसाईले बताएका छन् ।

 परिषद्को अभियानमा आफूहरुको साथ सहयोग रहने पनि प्रसाईले बताएका छन् । 

0 comments

Write Down Your Responses