Powered by Blogger.
एमाले प्रदेश नं ३ को दलको नेतामा पौडेल विजयी, मुख्यमन्त्री बन्ने निश्चित


हेटौँडा ।  नेकपा एमाले प्रदेश नं ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी हुनुभएको छ । 

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न निर्वाचनमा पौडेलले ३४ र प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत हासिल गर्नुभयो । वाम गठबन्धनको सहमतिअनुसार पौडेल सो प्रदेशमा मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । यस प्रदेशमा एमालेका ५८ सदस्य छन् । 

हेटौँडा नगरपालिकाका पूर्व प्रमुख पौडेल मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

0 comments

Write Down Your Responses