Powered by Blogger.
त्रिशूली नदीले निल्यो ६२४ जना

मकवानपुर / त्रिशूली नदी किनारको सडक दुर्घटनामा परी एक दशक यता झण्डै ६ सय २४ जनाले ज्यान गुमाएका छन् भने कम्तीमा पनि ११ सय बढीको अंगभंग भएको छ ।

जनता पोस्ट दैनिकका अनुसार शनिबार तीन भीआईपी बेपत्ता पारेको त्रिशूलीले गएको ५ महिनामा मात्रै ६३ जनालाई निलीसकेको छ ।असोजयता ७९ जना गम्भीर घाइते भएका छन् ।

गएको आर्थिक वर्षको तथ्यांक अनुसार त्रिशूलीमा ११ सय सवारी दुर्घटना भएका थिए । त्यसकारण पनि मध्यक्षेत्र प्रहरी कार्यालयले यो सडकलाई दुर्घटनाको रेड जोनमा राखेको थियो ।

0 comments

Write Down Your Responses