Powered by Blogger.
विद्यार्थीहरु अझै पनि खुल्ला चौर, चौतारा वा त्रिपाल मुनी, सरकार यो सास्ति कहिलेसम्म ?

राजाराम न्यौपाने
मकवानपुर ।  पहिले रुख मुनी चौतारीमा राखेर आफ्नो शिष्यलाई शिक्षा दिने गुरुकुल अध्ययन प्रणाली थियो । तर गुरुकुल शिक्षाको हजारौं बर्षपछि फेरी पनि हजारौं नेपाली विद्यार्थीहरु पुनः चौतारा र त्रिपाल मुनी अध्ययन गर्न बाध्य भए २०७२ बैशाख १२ गतेको भूकम्पले । भुकम्पले भत्काएका ७ हजार ९ सय २३ वटा विद्यालयमध्ये अझै ४० प्रतिशतको निर्माण भएको छैन् । तर ती विद्यालयमा अध्ययन गर्ने  विद्यार्थीहरु अझै पनि खुल्ला चौर, चौतारा वा त्रपाल मुनी अध्ययन गर्न बाध्य छन् ।
Image result for विद्यार्थीहरु अझै पनि खुल्ला चौर
शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाईका प्रमुख निर्देशक इमनारायण श्रेप्ठका अनुसार गएको भुकम्पबाट ७ हजार ९ सय २३ ओटा विद्यालय पुर्णरुपले भत्किएका थिए । तीमध्ये ३ सय ७० वटा विद्यालयमा विद्यार्थी नभएर बन्द गरिए । र बाँकी ७ हजार ५ सय ५३ वटा विद्यालयहरु पुनर्निर्माण गर्नु पर्ने भयो । विद्यालय क्षति पुनर्निर्माणलाई तिन चरणमा विभाजन गरि निर्माण भैरहेको छ । गत आर्थिक वर्ष २०७३/७४ मा २८ सय ९१ वटा पुननिर्माण सम्पन्न भैसकेको छ । चालु आर्थिक वर्षमा १४ सय ५८ वटा विद्यालय निर्माणाधिन छन । भने आगामी आर्थिक वर्षमा ३ हजार २ सय ४ वटा विद्यालय पुननिर्माण हुने छन् । विद्यालय पुननिर्माणमा विद्यालय व्यवस्थापन समिती, निर्माण व्यवसायी र एनजिओले काम गरिरहेका छन् । विद्यालय व्यवस्थापन समितिले १९ सय ६३ वटा, निर्माण व्यवसायीले ९ सय २६ वटा र एनजिओले २ वटा विद्यालय पुननिर्माण गरिसकेका छन् ।

१४ सय ५८ वटा विद्यालय पुननिर्माण भैरहेको छ । जसमा विद्यालय व्यवस्थपन समितीले ९ सय ३६ ओटा, निर्माण व्यवसायीले २ सय ७६ वटा र एनजिओले २ सय ५० वटा पुननिर्माण गरिरहेका छन् । ३ हजार २ सय वटा विद्यालयको काम नै सुरु भएको छैन । भने १ हजार विद्यालय सर्बे भैरहेको छ । ६ सय ६० वटा विद्यालयको आफ्नो जग्गा छैन । नेपाल सरकारले विद्यालयलाई जग्गा किन्न बजेट दिने व्यवस्था छैन । यसका लागि गाँउपालिका, नगरपालिका उपमहानगरपलिका र महानगरपालिकाले जग्गा उपलव्ध गराउने छ । ९३ वटा विद्यालयको जग्गामा मुद्धा चहिरहेको छ । भुकम्प अतिप्रभावित १४ जिल्ला र अरु १७ जिल्लामा विद्यालय पुननिर्माण भैरहेको छ । भुकम्प अतिप्रभावित १४ जिल्लामा जिल्ला आयोजना कार्यवन्यन एर्काइ छ ।

अतिप्रभावित जिल्लाहरुमा सबै भन्दा धेरै धादिङमा ६ सय ८ वटा विद्यालय र सबै भन्दा कम रसुवामा ९७ ओटा विद्यालय भुकम्पले क्षति भएको छ । गत आर्थिक वर्षमा रसुवामा २९ ओटा विद्यालय पुननिर्माणमा परेका मध्य १८ वटा मात्र सम्पन्न भयो । बाँकी ११ वटा विद्यालय जग्गा र भौगोलिक विकटताको कारणले पुननिर्माण गर्न सकिएन । भारतीय अनुदामा ७० वटा विद्यालय पुननिर्माण हुदै छन् । गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे र दोलखामा दश÷दश वटा विद्यालय पुननिर्माण हुदैछन् ।

0 comments

Write Down Your Responses