Powered by Blogger.
झरनाको बार्षिकोत्सवमा छतिवनका ३ पत्रकार सम्मानित हुँदै

मकवानपुर । झरना साहित्य परिवार मकवानपुरले छतिवनबाट पत्रकारिता गरिरहेका र झरनाको समाचार प्रकाशन तथा प्रचारप्रसारमा सहयोग पुर्याउने ३ जना पत्रकारलाई सम्मान गर्ने भएको छ । आगामी ७ गते बकैया गाउँ पालिकाको छतिवनमा हुने साहित्यको बार्सिकोत्सबमा बकैया टाइम्सका सम्पादक तथा बकैयाबाट रिपोर्टिङ गरिरहेका पत्रकार यादव चौलागाईं, खवरब्रेक अनलाइनका सम्पादक तथा पत्रकार महासँघ सहसचिव धर्मेन्द्र दाहाल तथा समृद्ध समाज उपसम्पादक प्रमोद अर्याल लाई सम्मान गर्ने भएको हो । छतिवनबाट साहित्यको बिज छर्दै आइरहेको झरनाले छतिवन स्थायी घर भएका पत्रकारलाई सम्मान गर्न लागेको झरनाका सचिव चिरञ्जीवी लामिछानेले बताउनु भयो । झरनाले आजिवन सद्स्यता वृद्धि गर्दै मकवानपुरे साहित्य फाँटमा अझै अघि बढ्ने गरि मासिक साहित्य गोष्ठी तथा साहितिक पत्रिका २ दसक देखि झरनाले प्रकाशन समेत गर्दै आइरहेको छ ।


0 comments

Write Down Your Responses